स्याङ्जा सहयोग समाजको एक लाखभन्दा बढी सहयोग
स्याङ्जा, मङ्सिर १८ गते । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति र कतार एकाइले मिर्गौला प्रत्यारोपण गरेका एक परिवारलाई सहयोग गरेको छ । अर्जुनचौपारी गाउँपालिका ३ का नारायणप्रसाद पौडेललाई समितिले एक लाख १६ हजार तीन सय रुपियाँ पौडेलको घरमै पुगेर हस्तान्तरण गरेको हो ।
शिक्षण पेशामा आबद्ध पौडेलको गत भदौ २४ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले दुःखमा सबै सहयोग र सद्भाव रहनुपर्ने बताउनुभयो। सानो सहयोगले कसैको जीवनमा सहयोग पुग्छ भने सहयोग गर्नुपर्ने बताउँदै तिवारीले दुःखमा पालिकाले हातेमालो गर्ने बताउनुभयो ।
यस्तै, निवर्तमान अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्यालले विदेशमा रहेका स्याङ्जालीको सानो ठुलो सहयोगले समाजले जिल्लामा आठ करोडभन्दा बढी सहयोग गरेको बताउनुभयो । कार्यक्रममा कतार अर्जुनचौपारी एकाइका अध्यक्ष नगेन्द्र रिमाल, संस्थापक उपाध्यक्ष नारायण काफ्लेलगायतले मन्तव्य राख्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


