स्याङ्जा सहयोग समाजको एक लाखभन्दा बढी सहयोग

स्याङ्जा, मङ्सिर १८ गते । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति र कतार एकाइले मिर्गौला प्रत्यारोपण गरेका एक परिवारलाई सहयोग गरेको छ । अर्जुनचौपारी गाउँपालिका ३ का नारायणप्रसाद पौडेललाई समितिले एक लाख १६ हजार तीन सय रुपियाँ पौडेलको घरमै पुगेर हस्तान्तरण गरेको हो ।
शिक्षण पेशामा आबद्ध पौडेलको गत भदौ २४ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले दुःखमा सबै सहयोग र सद्भाव रहनुपर्ने बताउनुभयो। सानो सहयोगले कसैको जीवनमा सहयोग पुग्छ भने सहयोग गर्नुपर्ने बताउँदै तिवारीले दुःखमा पालिकाले हातेमालो गर्ने बताउनुभयो ।
यस्तै, निवर्तमान अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्यालले विदेशमा रहेका स्याङ्जालीको सानो ठुलो सहयोगले समाजले जिल्लामा आठ करोडभन्दा बढी सहयोग गरेको बताउनुभयो । कार्यक्रममा कतार अर्जुनचौपारी एकाइका अध्यक्ष नगेन्द्र रिमाल, संस्थापक उपाध्यक्ष नारायण काफ्लेलगायतले मन्तव्य राख्नुभएको थियो ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…