सञ्चालनमा आयो स्याङ्जामा हङकङ पार्क
स्याङ्जा :
कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बिरोधले मात्र देश नबन्ने बताउनुभएको छ । पुतलीबजार नगरपालिका –१ मा हङकङ पार्कको उद्घाटन गर्दै शनिबार मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो ।
राम्रो काम गरिरहेको सरकारलाई बिरोध गरेर आफ्नो हैसियत नदेखाउन दललाई आग्रह गर्नुभयो । काम गरेको बेलामा सहयोग गर्न आग्रह गर्दै देश बनाउन मिलेर जानुको बिकल्प नरहेको मन्त्री गुरुङको भनाइ छ ।
देशको शत्रु भ्रष्टाचार भएको बताउदै बिरोधभन्दा पनि सत्ता तथा प्रतिपक्ष सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । आफु जन्मेको जिल्लालाई राम्रो बनाउन आफ्नो प्रयास सधै रहने बताउँदै मन्त्री गुरुङले सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
बिगतमा फोहोर रहने ठाउँ पार्क बनेको बताउँदै मन्त्री गुरुङले पार्क बन्नु मात्र नभइ मानबीयता जोडिएको बताउनुभयो । जनता शिरमा राखेर राजनीति गर्नुपर्ने बताउँदै जनतालाई भुइँमा राखेर गर्ने राजनीतिको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संघीय सांसद राजु थापाले नेपाल भूमि खण्डहर हुन लागेको भन्दै यहाँको विकासका लागि युवाहरु स्वदेश फर्किनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य सिता सुन्दास, नगरपालिका प्रमुख तुलसीराम रेग्मी, पूर्वप्रमुख सिमा क्षेत्रीलगायतले मन्तब्य राख्नुभएको थियो ।
रानाको परिवालाई चार लाख सहयोग
गल्याङ नगरपालिका घर भइ हङकङमा कार्यरत रहेको क्रममा मृत्यु भएका ५१ बर्षीय राजु रानाको परिवालाई आर्थिक सहयोग गरिएको छ । स्व. रानाको छोरी आरती र दिब्य रानालाई चार लाख एक हजार ६८३ रुपियाँ समितिका अध्यक्ष ईश्वरबहादुर गुरुङले सहयोग गर्नुभयो । कार्यक्रममा राष्ट्रिय कलाकार निर्जला गुरुङले गीत तथा नृत्यको माध्यमबाट मनोरञ्जन प्रदान गरेको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


