नगर स्तरीय हाजिरजवाफ प्रतियोगितामा शिबालय मावि प्रथम ।

टिकाराम अधिकारी/गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.३ गल्याङ स्थित भानुभक्त आचार्य माध्यमिक विद्यालयको आयोजनामा आयोजित गल्याङ नगरस्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि गल्याङ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख केदार राज आचार्यले प्रतियोगितामा प्रथा,दोस्रो,तेस्रो भन्ने भन्दा पनि विद्यार्थीहरुमा एक आपसमा पहिचान हुने अनुभव साटासाट गर्ने र विद्याथीमा भएको प्रतिभाको चैतफी विकासमा टेवा पुग्ने बताउँदै यस्ता कार्यहरु बेलाबखत गरिरहनु पर्ने कुरा बताउनु भयो ।
उहाँले भन्नु भयो यस्ता क्रियाकलापमा सहभागी विद्यार्थीहरुले लोक सेवा,शिक्षक सेवा आयोग जस्ता क्षेत्रमा सफलता हात पार्ने भएकाले पनि सिर्जनात्मक र रचनात्मक कार्यमा विद्यार्थीहरुको सहभागीता गराउनु आजको आवश्यकता भएको बताउदै सफल हुने विद्यार्थीहरुलाई बधाई दिदै असफल हुने विद्यार्थीहरुले अझै प्रयास गरेर अगाडि वढ्न पनि आग्रह गर्नु भएको थियो ।


विद्यालयका प्रअ रामकान्त पाठकले भन्नु भयो विद्यार्थी भनेका सिर्जन्सील र उर्जासिल हुने भएकाले विद्यार्थीमा रहेको प्रतिभाको सहि पहिचान गरेर उनीहरुको अन्तनिहित प्रतिभाको प्रष्फूटनमा टेवा पुग्ने संगै नगर भित्रको शैक्षिक सिकाईमा केही हद सम्म भए पनि टेवा पुग्ने उदेश्य राखेर यस्तो कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
प्रतियोगितामा नगरपालिका भित्रका ९ विद्यालयको सहभागिता रहेको कार्यक्रममा प्रथम शिबालय माध्यमिक विद्यालय,दोस्रो चिराग आवासीय माध्यमिक विद्यालय, तेस्रो सार्वजनिक माध्यमिक विद्यालय, सान्त्वना गल्कोट माध्यमिक विद्यालय भएका थिए भने प्रतियोगितामा प्रथम,दोस्रो,तेस्रो,सान्त्वना हुने विद्यालयले क्रमशः नगद ८ हजार,५ हजार,३ हजार,१ हजार नगद ,मेडल प्रमाणपत्र प्राप्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञ प्रसाद अर्याललेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य शिक्षक निम प्रसाद पौडेलले र कार्यक्रमको सञ्चालन शिक्षक लिलाबल्लभ अर्यालले गर्नु भएको थियो ।

Facebook Comments Box
TOP