गौशाला २६ बालिग ठहर, तर सन्दीपले सहमतिबिना सम्बन्ध राखेको अदालतको निष्कर्ष
काठमाडौँ :
काठमाडौँ जिल्ला अदालतले सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरी साबालिग रहेको ठहर गरेको छ । काठमाडौँ जिल्ला अदालतले शुक्रबार फैसला सुनाउँदै जाहेरवाली साबालिग रहेपनि बलात्कार भएको ठहर गरेको हो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले मिसिलसाथ प्राप्त कागजातको आधारमा जाहेरवाली गौशाला २६ को जन्म २०६१ असार १८ गते भएको ठहर गरेको हो । उक्त मितिलाई जन्मेको दिन मान्दा वारदात भएको मिति २०७९ भदौ ५ गते जाहेरवालीको उमेर १८ वर्ष २ महिना पुगेको ठहर्छ ।
जाहेरवालीको उमेर पुगेको भएपनि गौशाला २६ को नाजुक आर्थिक अवस्थाको फाइदा उठाई क्रिकेटर सन्दीप लामिछानेले करणी गरेको भन्दै त्यसलाई सहमतिको करणी मान्न नसकिने अदालतको ठहर छ । अदालतले करणी लेनदेन भएको ठहर गरेपनि आर्थिक अवस्था लगायत अन्य अवस्थाको फाइदा उठाएर करणी गरेको कारण त्यसलाई जबरजस्ती करणी मानेको छ ।
उमेर पुगेको भएपनि जबरजस्ती करणी भएकाले सन्दीपलाई ७ देखि १० वर्षसम्मको कैद हुने भएकाले सजाय निर्धारणका लागि आगामी पुस २५ गतेको पेशी तोकिएको पनि संक्षिप्त फैसलामा उल्लेख छ । File-pic
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


