सिद्धार्थ राजमार्गको राम्दीमा दुई प्रदेश जोड्ने पक्की पुल निर्माण सुरु
राधाकृष्ण डुम्रे/वालिङ :
सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा र पाल्पा जिल्ला जोड्ने राम्दीमा नयाँ पक्की पुल निर्माण सुरु भएको छ । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने प्रमुख मार्गका रूपमा रहेको सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दीमा नयाँ पक्की पुल निर्माण सुरु भएको हो ।
सिद्धार्थ राजमार्ग निर्माण भएका बेला वि.सं २०२८ मा ‘स्टिल ट्रस’ हुँदै राम्दीमा पुल निर्माण गरिएको थियो । हाल उक्त पुल जीर्ण भएर दोहोरो आवत–जावतमा रोक लगाइएको छ । दश टनभन्दा धेरै समान बोकेका ट्रकलाई सञ्चालनमा रोक लगाइएको छ ।
६ दशकअघि बनेको पुल जीर्ण भएपछि पटक पटक मर्मत गरिदैआएको थियो । पुरानो पुल नजिकै नयाँ पुल निर्माण सुरु गरिएको हो । नयाँ पुल निर्माणका लागि पुलको आडमा रहेका घर टहरा समेत हटाइएको छ ।

पुरानो पुल जीर्ण भएकाले राम्दीमा नयाँ पुल निर्माण सुरु भएको पुल विभाग पुल सेक्टर पोखराका आयोजना प्रमुख सूचना अधिकारी तथा इन्जिनियर आशिक रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी २०८२ असार मसान्तभित्र सक्नेगरी हिम सगरमाथा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा पाएको छ । राम्दीमा पुल निर्माणका लागि २७ करोड ७१ लाख रुपियाँ खर्च लाग्ने पुल आयोजनाले जनाएको छ ।
नयाँ निर्माण हुन लागेको पुलको चौडाइ ११ मिटर, लम्बाइ १ सय ८ मिटर र दायाँबायाँ झण्डै डेढ मिटरको फुटपाथ रहनेछ । उक्त पुलको ४० टनसम्मको भारवाहन क्षमता रहने बताइएको छ । पुल बनेपछि सिद्धार्थ राजमार्गमा दुईतर्फी आवत–जावत सहज हुने वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


