पेट्राेल, डिजेलकाे भाउ घट्याे

काठमाण्डाै :

नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे छ । निगमले आज शुक्रवार राति १२ बजेदेखि लागू हुने गरी पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे हाे ।

निगमले पेट्राेल तथा डिजेल/मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएकाे छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट आज मूल्य घटेर आएपछि निगमले पनि मूल्य घटाएको हो ।

अब काठमाण्डाै उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ पर्नेछ भने डिजलको मूल्य प्रतिलिटर १ सय ५७ रुपैयाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनकाे मूल्यमा भने घटबढ गरेकाे छैन ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP