पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने एलपी ग्यासको मूल्य यथावत्

काठमाण्डौ :

नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो ।

शुक्रवार बिहान १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई तथा डिजेल/मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँले घटाएको हो ।

भाउ घटेसँगै काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ र डिजेलको मूल्य एक ६० रुपैयाँ कायम भएको छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ रुपैयाँ र डिजेलको मूल्य एक ५७ रुपैयाँमा कायम भएको छ । यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६९ रुपैयाँ र डिजेलको मूल्य एक सय ५९ रुपैयाँ कायम भएको छ ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । अहिले ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार आठ सय ९५ रुपैयाँ छ । अहिले एलपी ग्यासमा प्रतिसिलिन्डर तीन सय रुपैयाँ घाटा रहे पनि आमउपभोक्ताको हितलाई मध्यनजर गरेर भाउ यथावत् राखेको निगमको भनाइ छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP