स्याङ्जाको पेल्काचौर ओल पहरोमा ‘रक क्लाइम्बिङ’
खगीन्द्र पौडेल/स्याङ्जा :
पुतलीबजार नगरपालिका १२ पेल्काचौरको ओल पहरोमा साहसिक खेल ‘रक क्लाइम्बिङ’मार्फत पर्यटक भित्राउने प्रयास गरिएको छ । विदेशमा धेरै खेलिने भए पनि नेपालमा कमै हुने यो खेल स्याङ्जाको पेल्काचौरमा पनि सुरु गरिएको हो ।
डोरीको सहायताले भिर तथा चट्टानहरुमा चढ्ने भएकाले यसलाई रक क्लाइम्बिङ भनिएको हो । पर्यटन व्यवसायी कृष्णजंग केसीले ‘रक क्लाइम्बिङ’बाट पर्यटक भित्राउने तथा अन्तर्राष्ट्रिय स्तरको पाठशाला बनाउने उद्देश्यले ओल पहरोमा सुरु गरेको बताउनुभयो ।
पेल्काचौरलाई सबैको सहयोगमा ‘रक क्लाइम्बिङ’को विकास गर्न सकेको खण्डमा तालिमका लागि लाखौं तिरेर विदेश जानुपर्ने बाध्यता कम हुने र यसलाई अन्तर्राष्ट्रिय तालिम केन्द्रको रुपमा विकास गर्न सकिने केसीको भनाइ थियो ।
नागार्जुन वन, हात्तीवन, विमलनगर, नगरकोट, नाम्चेबजार र मनाङमा मात्रै गर्न सकिने रक क्लाइम्बिङभन्दा राम्रो रक रहेको अनुसन्धानबाट खुलेको केसीले बताउनुभयो । यस क्षेत्रमा रक क्लाइम्बिङको लागि पर्यटन मन्त्रालय, नेपाल पर्वतारोहण सङ्घ र स्थानीय पालिका पुतलीबजारले गत वर्ष संयुक्त रुपमा अनुसन्धान गरेको थियो ।
नेपालको पर्यटन एक क्षेत्रमा मात्रै केन्द्रित भएको बताउँदै केसीले धेरै सम्भावना बोकेको क्षेत्र रक क्लाइम्बिङ भएकाले निर्माणको काम सुरु गरिएको हो । पछिल्लो समय पालिकाबाट छ लाख र पर्यटन मन्त्रालयबाट सात लाख गरी १३ लाखको लागतमा काम अगाडि बढाइएको छ भने सम्पन्न हुँदासम्म दुई तीन करोड खर्च हुने अनुमान गरिएको छ।
पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले ‘रक क्लाइम्बिङ’ पुतलीबजार नगरपालिकाको मात्रै गन्तव्य नभएर देशकै खेल सहासिक पर्यटकको गन्तव्य भएका कारण पालिका, प्रदेश र सङ्घ सरकारको लगानीमा कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । यहाँको ‘रक क्लाइम्बिङ’ हुने स्थलसम्म जाने बाटो पालिकाको समन्वयमा निर्माण भैसकेको छ। पोखराबाट पनि नजिक रहेका कारण ‘प्याराग्लाइडिङ’, ‘क्यानोनिङ’ र ‘साइक्लिङ’मार्फत गतिविधि सञ्चालन गर्न सकिने र पर्यटनको हब बनाउन सकिने रेग्मीको भनाइ छ।
माउण्टेन गाईड आङदावा शेर्पाले ओल पहरा यहाँको पहराको बनावटका कारण नेपालकै उत्कृष्ट रक क्लाइम्बिङ हुन सक्ने बताउनुभयो । तीनै तहका सरकाले यस क्षेत्रमा खेलकुदका गतिविधि सञ्चालन गर्न र खेलका माध्यबाट विदेशी पर्यटकहरु भित्र्याउन सके आर्थिक आर्जन गर्न सकिनेछ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


