पञ्चासेमा बालाचतुर्दशी मेला
अर्जुन काफ्ले,
स्याङ्जा, मङसिर २१ गते । स्याङ्जा, कास्की र पर्वतको सङ्गमस्थल पञ्चासेमा आउने सोमबार पहिलो पटक भजन कीर्तन प्रतिस्पर्धा तथा बालाचतुर्दशी मेला हुने भएको छ ।
यहाँ मुख्य गरी आँधिखोला गाउँपालिका–४ मा पर्ने पञ्चासेमा पालिकाको आर्थिक सहयोगमा भजन कीर्तन तथा मेला हुन लागेको हो । श्रवणकुमार समाधि क्षेत्र संरक्षण तथा तथा बिकास समितिको आयोजनमा गरिएको प्रतिस्पर्धामा तीन जिल्लाका ५० भन्दा बढी भजन कीर्तन समूहको सहभागिता हुने बताइएको छ ।
आँधिखोलाले पहिलो पटक गर्न लागेको भजनकीर्तन कार्यक्रम तथा मेलामा पहिलोले आठ हजार, दोस्रोले ६ हजार, तेस्रोले चार हजार र चौथोले दुई हजार नगद हात पार्नेछन् ।
अन्धाअन्धी दह तथा समाधिस्थलको विश्वमै परिचित गराउने उद्देश्यले पछिल्लो क्रममा गाउँपालिका सक्रिय रुपमा लागेको छ । गाउँपालिका अध्यक्ष विश्व पौडेलले हरियाली जङ्गल र योगाका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य नै पञ्चासे रहेको बताउनुभयो ।
सुनाखरीको राजधानी भनेर चिनिएको पञ्चासेमा थरीथरीका चरा, सुनगाभा र जडीबुटी पाइने गरेको छ । प्राकृतिक सौन्दर्य नियाल्न पञ्चासे उपयुक्त स्थान रहेको पौडेलले बताउनुभयो । दुई हजार ५१७ मिटर उचाइमा रहेको पञ्चासेबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरि, लमजुङ र मनास्लु हिमाल प्रत्यक्ष रुपमा अवलोकन गर्न सकिन्छ । यहाँ हरेक वर्ष बालाचतुर्दशी सतबिज छर्न हजारौंको सङ्ख्यामा पञ्चासेमा सर्वसाधारण आउने गर्दछन् । gorkhapatra online
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


