काठमाण्डौ : बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गयाे
काठमाण्डौ :
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारीमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएकाे छ ।
शुक्रवार ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएकाे हो । ज्यान जानेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताउनु भयो ।उहाँका अनुसार गोली लागेर घाइते भएका उनीहरुको उपचारको क्रममा ज्यान गएको हो ।
त्यसअघि प्रदर्शनमा उत्रिएका युवाहरुले सडक अवरुद्ध पार्दै भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर आगजनी गरेका थिए । मन्त्रीको गाडीमा आगजनी र अरु सार्वजनिक गाडीमा तोडफोड गर्न थालेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


