चौथो खेलकुद महोत्सव गर्दै कालीगण्डकी
खगीन्द्र पौडेल/स्याङ्जा :
कालीगण्डकी गाउँपालिकाले चौथो कालिगण्डकी खेलकुद महोत्सव २०८० गर्ने भएको छ । गाउँपालिकाले यही मङ्सिर २९ गतेदेखि पुस १ गतेसम्म खेलकुद महोत्सव गर्न लागेको हो ।
महोत्सवमा फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन, टेबुल टेनिस, दौड, बुद्धिचाल महिला र पुरुष गरी २१ खेल विधा समावेश गरिएको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जनाकारी दिनुभयो ।
खेलकुदमा ३०८ जना पुरुष र ३०८ महिला गरी ६१६ जना खेलाडी र ३५ जना खेल संयोजक रहने जानकारी पनि थापाले दिनुभयो । ११ पालिका रहेको स्याङ्जामा पुरुष तथा महिलाको खेलकुद प्रतियोगिता आयोजना गर्ने पहिलो पालिका कालिगण्डी हो ।
कूल चार लाख ७४ हजार रुपियाँ पुरस्कार राशि प्रतियोगिताको सबै विधामा विजेता, उपविजेता र तेस्रो हुनेलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


