चौथो खेलकुद महोत्सव गर्दै कालीगण्डकी
खगीन्द्र पौडेल/स्याङ्जा :
कालीगण्डकी गाउँपालिकाले चौथो कालिगण्डकी खेलकुद महोत्सव २०८० गर्ने भएको छ । गाउँपालिकाले यही मङ्सिर २९ गतेदेखि पुस १ गतेसम्म खेलकुद महोत्सव गर्न लागेको हो ।
महोत्सवमा फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन, टेबुल टेनिस, दौड, बुद्धिचाल महिला र पुरुष गरी २१ खेल विधा समावेश गरिएको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जनाकारी दिनुभयो ।
खेलकुदमा ३०८ जना पुरुष र ३०८ महिला गरी ६१६ जना खेलाडी र ३५ जना खेल संयोजक रहने जानकारी पनि थापाले दिनुभयो । ११ पालिका रहेको स्याङ्जामा पुरुष तथा महिलाको खेलकुद प्रतियोगिता आयोजना गर्ने पहिलो पालिका कालिगण्डी हो ।
कूल चार लाख ७४ हजार रुपियाँ पुरस्कार राशि प्रतियोगिताको सबै विधामा विजेता, उपविजेता र तेस्रो हुनेलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


