स्थानीय सरकार नागरिकको समस्यासँग प्रत्यक्ष जोडिनुपर्छ : मन्त्री गुरुङ
राधाकृष्ण डुम्रे/वालिङ । नेपाल सरकारका सङ्घीय मामिला न्याय तथा कानुन मन्त्री धनराज गुरुङले स्थानीय सरकार नागरिकको समस्यासँग प्रत्यक्ष जोडिनुपर्ने बताउनुभएको छ। उहाँले भन्नुभयो, “देशमा सङ्घीयतामा गई सकेपछि स्थानीय तहलाई धेरै अधिकार र जिम्मेवारी प्राप्त भएको छ, स्थानीय तह नागरिकसँग निरन्तर जोडिनुपर्दछ ।”
चापाकोट नगरपालिकाले वडा ६ को मोहमीमा निःशुल्क स्वास्थ्य शिविर तथा योजना सम्झौता कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री गुरुङले नागरिकको शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता परिपूर्तिका लागि निरन्तरता लागि रहेको बताउनुभयो ।
चापाकोट नगरपालिकाले गाउँमै पुगेर नागरिकको स्वास्थ्य परीक्षण गर्ने अभियान सुरु गरेको हो । बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर नागरिकका स्वास्थ्य सम्बन्धी समस्या गाउँमै समाधान गर्न सुरु गरिएको चापाकोट नगरपालिकाका नगरप्रमुख देव बहादुर खाँण (ईश्वर) ले जानकारी दिनुभयो ।
नागरिकलाई सहज होस भनेर स्वास्थ्यकर्मी सहितको टोली गाउँमा पुगेको उहाँले बताउनुभयो । स्वास्थ्य शिविरसँगै योजना सम्झौता पनि गर्न सुरु गरिएको प्रमुख खाँणको भनाइ छ । चापाकोटका सबै वडामा स्वास्थ्य शिविर र योजना सम्झौता शिविर सञ्चालन हुने उहाँको भनाइ छ ।
शिविरमा निःशुल्क स्वास्थ्य जाँच, भिडियो एक्स–रे, ई.सी.जी, आँखा परीक्षण, दन्त परीक्षण, परिवार नियोजनका लागि सहजीकरण र रगत, दिसा पिसाब परीक्षण भइरहेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालले बताउनुभयो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


