फेरी समातियो सुन : त्रिभुवन विमानस्थलबाट ६ किलो ५६५ ग्राम सुन बरामद
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो ५६५ ग्राम सुन बरामद भएको छ । भन्सार क्षेत्रबाट बाहिरिइसकेपछि प्रहरीको टोलीले सुन सहित दुई विदेशी नागरिकलाई समेत पक्राउ गरेको विमानस्थल प्रहरी प्रमुख डिआइजी अर्जुन चन्दले जानकारी दिनुभयो ।
ज्याकेटको जोगीमा बिस्कुट जस्तो गरी डल्लो बनाइ ल्याइएको अवस्थामा सुन सहित इजिप्ट र सुडानका नागरिक पक्राउ गरिएको उहाँले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
डिआइजी चन्दका अनुसार उनीहरु शनिवार राती ११ः५१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट उनीहरू काठमाडौँ आएका थिए । बिहीबार राती १४ किलो सुन सहित एक जनालाई पक्राउ गरिएको थियो ।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


