गल्याङमा राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता शुरु ।
टिकाराम अधिकारी/गल्याङ :
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले भोलिको गल्याङ र मुलुक निर्माण गर्ने अभियानमा सकरात्मक सोचका साथ अगाडि वढ्नु पर्ने र जिम्मेबारीमा नरहुदा मैले जे जस्तो धारण बनाउने गर्दथे अहिले जिम्मेबारीमा रहदा आफ्नो कर्तव्यलाई आत्मसाथ गरेर अगाडि बढ्ने सोच बनाएको र नगरबासीलाई पनि गल्याङको समृद्वीका लागि जिम्मेबारी भएर अगाडि बढ्न आग्रह गर्नु भयो ।
स्याङ्जाको गल्याङ नगरपालिकाको आयोजनामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० समारोहको उद्घाटन गर्दै सो कुरा बताउनु भयो ।
नगर प्रमुख भट्टराईले भन्नु भयो उच्च नैतिकता र उच्च अनुशासन भएर अगाडि वढ्न सकिएन भने सामाजिक सञ्जालबाट मात्रै उपलब्धी हासिल गर्न नसकिने सञ्चारको सहि सदुपयोग गरेर आफ्नो सामथ्य र दक्षतालाई सहि रुपमा सदुपयोग गरेर अगाडि बढ्न आग्रह गर्नु भएको थियो ।

सकरात्मक सोच र चिन्तका साथ अगाडि वढ्न र हामीले हाम्रो समाज विकास निर्माणको हुटहुटी हुनु पर्ने कामको गतिलाई भनेजस्तो गरि हुनु पर्नेमा धिमागतीमा भएको बताउनु भयो ।
शिक्षाको आमूल परिर्वतनका क्षेत्रमा गल्याङ नगरपालिका सहि गतिमा अगाडि बढेको र आफूले गरेका कर्मले भोलि आफूलाई नै परिर्वतन गर्ने भावनाका गल्याङको विकासमा लाग्न र परिणम आउने गरि अगाडि वढ्न आग्रह गर्नु भएको थियो। उहाँले गल्याङ क्षेत्रको विकासमा आफ्नो बचस्वले भ्यासम्म लाग्ने प्रतिबन्ध समेत व्यक्त गर्नु भएके थियो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले खेलाडी उत्पादन गर्ने पक्षमा लगानी गरेर अगाडि बढेको बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस गल्याङ नगर कार्य समितिका सभापति श्याम प्रसाद बस्याल, नेकपा एमाले गल्याङ नगर कमिटी सचिव राजेन्द्र देब खनाल, गल्याङ नगरपालिका वडा नं.३ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराई,
स्याङ्जाको गल्याङ नगरपालिकाको आयोजनामा भोलि देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने भएको छ । मंसिर २२, २३ र २४ गते हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० तल्लो गल्याङमा रहेको खेल मैदानमा भोलि देखि सुरु हुने भएको हो ।
नगरपालिकाले सबै सामुदायिक र संस्थागत विद्यालयहरुलाई सहभागिताको लागि अनुरोध गरेको थियो । प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको र केही खेलहरु सम्पन्न भएको छन ।
प्रतियोगिता अन्तर्गत छात्र र छात्रा भलिबल, १००, २००, ४००, ८००, १५०० मिटर तथा रिले दौड प्रतियोगिता, उफ्रने फ्याक्ने, मार्सल आर्टस् तथा मार्च पास सहितका खेलहरु सञ्चालन भएका छन ।
गल्याङ नगरपालिकाका शिक्षा शाखा प्रमुख केदार राज आचायको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य नगर शिक्षा सदस्य चन्द्र बहादुर राना मगरले र कार्यक्रमको सञ्चालन शिक्षा,युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक हिमलाल भण्डारीले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


