गल्याङ नगरपालिका : कृषकसँग कृषि प्राविधिक कार्यक्रम सम्पन्न
गल्याङ :
गाउँ गाउँमा रहेका सामान्य कृषकहरुलाई नगरपालिकाको कृषि र पशु शाखाको सेवा सुविधा सँग जोडने,नगरपालिकाको कृषि र पशु शाखाबाट प्रदान हुने सेवा सुविधाको पहुँच बाट टाढा रहेका आम कृषक वर्गलाई सम्बन्धित सेवा सुविधाको बारेमा जानकारी गराउने,गाउँ का किसान हरुका कृषि र पशु सम्बन्धित परेका समस्याहरु ,गुनासाहरु समाधान गर्ने उदेश्यले गल्याङ नगरपालिका द्वारा अायोजित “कृषक सग कृषि प्राविधिक कार्यक्रम ” सम्पन्न भएको छ।
नगरपालिकाले कृषि र पशु उत्पादनमा नगरवासीलाई जोडन उक्त कार्यक्रम सञ्चालन गरिएको थियोे ।गल्याङ नगरपालिका का ११ वटा वडा का ६१ वटा गाउँमा मिति असाेज २३ गते देखि मिति मसिर ईट गते सम्म सञ्चालित उक्त कार्यक्रममा नगरपालिका भित्रका ४१८७ घर परिवारका कृषकहरुको सहभागीता रहेको थियो ।
नेपालको संविधान २०७२ ले परिकल्पना गरे अनुसार कृषि प्रसार को मुख्य भुमिका स्थानीय तहको हुने भनिए पनि संघियता संगै कृषि प्रसार को पहुँचमा भएका कृषकको जनसंख्या घटदो छ । स्थानीय स्तरका कृषि कार्यक्रम योजना हरुमा सिमित वर्गको मात्र पहुँच हुने भएकोले निर्वाहमुखी,विपन्न तथा निम्नवर्गीय कृषक वर्ग सम्म पुग्ने गरि गल्याङ नगरपालिकाले कृषकसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालन गरेको थियो।

उक्त कार्यक्रम मार्फत गल्याङ नगरपालिकाको ६८% कृषक घरधुरी लाभान्वित भइ कृषि सम्बन्धि परामर्श ,अन्तरक्रिया ,विउविजन तथा कृषि तथा पशुपालन हाते पुस्तिका प्राप्त गरेका थिए। यस कार्यक्रम मार्फत ७३.८% महिला लाभान्वित भएको पाइयो भने ४८% जनजाति तथा ३% दलित समुदायका कृषकहरुको सहभागी रहेको थियो ।
कृषक वर्गहरुबाट गुणस्तरीय विउविजनमा पहुँच नभएको ,प्राविधिक को लागि एग्रोभेटमा भर पर्नु पर्ने,विषादी को जथाभावी प्रयोग गर्ने,परम्परागत खेती प्रविधिको भर पर्नु परेको ,गाईवस्तु तथा बाख्रा बंगुर पालनमा सोचे जस्तो उत्पादन नहुने,बाली हरुको बादरले क्षति गर्ने जस्ता समस्याहरुको उठान गर्नुभएको थियो।

गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराई ,नगरउपप्रमुख हेमा न्यौपाने ,पशु सेवा शाखाका प्रमुख सुशील अर्याल,कृषि शाखा प्रमुख शिव ढकाल लगाएत कृषि र पशु प्राविधिक हरु को उपस्थितिमा सञ्चालित कार्यक्रममा कृषि कार्यक्रम को पहुँचमा निर्वाहमुखी कृषक नभएकोले नगरपालिकाले त्यसको लागि नीति तथा कार्यक्रम मा व्यवस्था गरि सामान्य कृषक वर्गलाई उत्थान गर्ने र उत्पादन बढाउने नगरप्रमुख भट्टराईले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । समग्रमा कार्यक्रमले केही पहुँचवाला कृषक वरपर घुम्ने कृषि कार्यक्रम निम्न वर्गीय कृषक तर्फ उन्मुख गराउन र उत्पादन बढाउन भुमिका खेलेको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


