चेतना सहितको सीपयुक्त शिक्षा आजको आवश्यकता : नगर प्रमुख भट्टराई

गल्याङ,३ पुस
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले शैद्वान्तिक शिक्षा भन्दा पनि चेतना सहितको सीपयुक्त शिक्षा आजको आवश्यकता भएकाले त्यस तर्फ ध्यान दिन आग्रह गर्नु भएको थियो ।
सोमबार स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.७ चोक ठाँटी स्थित नेपाल राष्ट्र माध्यमिक विद्यालयको आयोजनामा आयोजित खाद्य महोत्सव कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भयो ।
नगर प्रमुख भट्टराईले भन्नु कर्म सहितको र चेतना सहितको सिकाइका कारण सफलताको पक्षमा लाग्ने बताउदै सक्षम नागरिक बन्ने कुरा बताउनु भयो ।
उहाँले भन्नु भयो विद्यालयले गरेको प्रयासका लागि धन्यवाद दिदै स्थानीय पाठ्यक्रम भित्र रहेका विषय बस्तुलाई सिक्ने सिकाउने र श्रम गरेर आम्दानीको पक्षमा जोड्दै जानु राम्रो पक्ष भएको कुरा बताउनु भयो ।
नगर प्रमुख भट्टराई भन्नु भयो स्थानीय पाठ्क्रम भित्र रहेर रैथाने बाली संरक्षण र विभिन्न परिकार निर्माण गर्न सक्नु राम्रो पक्ष भएको बताउनु भयो । भोलिका दिनमा प्रभावकारी ढङ्गले सञ्चालन गर्न र अन्य विद्यालयहरुले पनि यस्तो कार्य गर्नु पर्ने र विद्यार्थीहरुको सकरात्मक चिन्तनलाई आत्मसाथ गर्दै गल्याङ नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिक्ता राखेर अगाडि बढ्ने कुरा बताउनु भयो ।

नगर प्रमुख गुरु प्रसाद भट्टराईले यस्तो रचनात्मक पक्षमा गल्याङ नगरपालिकाले सक्दो साथ सहयोग गर्ने प्रतिबन्धता समेत व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कार्यालयका प्रमुख विश्वराज आचार्यले विद्यार्थीको व्यवहार परिवर्तन नै सिकाई भएको बताउदै आफ्नो घर र समुदायमा बन्ने परिकारहरुलाई बनाउनु क्षमता प्रस्तुत गर्नु पनि व्यबहार परिर्वतन भएको बताउदै विद्यालयले गरेको रचनात्मक कार्यका लागि धन्यवाद दिनु भयो ।
विद्यार्थीहरुले परिकार बनाउने प्रक्रियाका बारेमा बताउन सक्नु नै सिकाई भएको बताउदै त्यस कार्यले विद्यार्थी सक्षम भएको अनुभुती भएको कुरा बताउनु भयो ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.७ का वडाअध्यक्ष झविलाल पाण्डेय,गल्याङ नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख केदार राज आचार्य, गरिमा विकास बैंक केन्द्रीय अध्यक्ष श्याम प्रसाद बस्याल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


खाद्य महोत्सवमा बन तरुल, गिठा भ्याकुर, चामल, कोदा, मकैको घुमाएको सेलरोटी,चुकाउनी, गाजरको हलुवा, सिस्नोको खोले, बारा, बिरमला, अरसारोटी, इश्कुशको मम,सुन्तला,केरा,उखु लगायतका बस्तुहरु सहित २६ वटा स्टल राखेर प्रदर्शन गरिएको थियो । स्थानीय परिकार खानका लागि टपरीको प्रयोग गरिएको थियो । खाद्य महोत्सवमा राखिएका बस्तुहरु विद्यार्थी शिक्षक अभिभावकहरुको सहयोगमा बिक्री गरिएको थियो भने बिक्री गरि प्राप्त रकम विद्यार्थीहरुको हितमा खर्च गरिने विद्यालयका प्रअ राजेश शर्माले बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका प्रअ राजेश शर्माले र कार्यक्रमको सञ्चालन शिक्षक राम प्रसाद अर्यालले गर्नु भएको थियो ।

 

 

Facebook Comments Box
TOP