वडातहमा पुगेर नागरिकको स्वास्थ्य परीक्षण गर्दै चापाकोट नगरपालिका

chapakot nagarpalika

चापाकोट :
स्याङ्जाको चापाकोट नगरपालिकाले वडातहमा नै पुगरे नागरिकको स्वास्थ्य परीक्षण गर्ने भएको छ । पालिको बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर नागरिकका स्वास्थ्य सम्वन्धी समस्या गाउँमा नै समाधान गर्न लागेको हो ।
पुस १२ देखि प्रत्येक वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको चापाकोट नगरपालिकाका नगरप्रमुख देब बहादुर खाँण (इश्वर) ले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“नागरिकलाई सहज होस भनेर स्वास्थयकर्मी सहितको टोली वडातहमा नै पुग्दैछ ।” शिविरका कारण नागरिकलाई गाउँमा नै उपचार गर्ने अवसर प्राप्त हुने प्रमुख खाँणको भनाई छ ।
गतवर्ष पालिकाले गरेको स्वास्थ्य शिविरमा नागरिकको उत्साहजनक सहभागीता रहेको भन्दै प्रमुख खाँणले नागरिकको माग र आवश्यक्ताका आधारमा यस बर्ष पनि शिविरलाई निरन्तरता दिन लागेको बताउनु भयो ।
शिविरमा निःशुल्क स्वास्थ्य जाँच, भिडियो एक्स–रे, ई.सी.जी, आँखा परीक्षण, दन्त परीक्षण, परिवार नियोजनका लागि सहजीकरण र रगत,दिशा पिसाव परीक्षण हुने प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालले बताउनु भयो । शिविरमा पाठेघरको मुखको क्यान्सरको परीक्षण हुने भन्दै प्रमुख प्रशासकीय अधिकृत खनालले सवै महिलाहरु सक्रियताका साथ सहभागी हुन आग्रह गर्नु भयो । खनालका अनुशार शिविरमा आयुर्वेदिक पद्धतीबाट समेत उपचार हुने र औसाधी प्रदान गरिनेछ ।
शिविर प्रत्येक वडाको स्वास्थ्य चौकीमा सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले १२ गते वडा ६ को साँखर स्वास्थ्य चौकीमा, १३ गते ६ को खासा आधारभुत स्वास्थ्य सेवा केन्द्रमा, १७ गते ५ को सेखाम स्वास्थ्य चौकीमा, १८ र १९ गते ४ को मल्याङकोट स्वास्थ्य चौकीमा, २० गते ३ को दिसिङकोट आधारभूत स्वास्थ्य सेवा केन्द्र, बाहुनडाँडामा,२२ गते २ को रत्नपुर स्वास्थ्य चौकीमा, २३ गते १ को कुवाकोट स्वास्थ्य चौकीमा, २४ गते १० को बारीकुना आधारभुत स्वास्थ्य सेवा केन्द्रमा, २५ गते ८ को बेलडाँडा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा र २६ र २७ गते चापाकोट अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने शिविर सञ्चालन गर्ने पालिकाले जनाएको छ ।

Facebook Comments Box
TOP