चापाकोटमा ट्याक्टर दुर्घटना दुई जना घाईते ।

वालिङ :

स्याङ्जामा चापाकोटमा गएराती भएको दुर्घटनामा दुई जना घाईते भएकाछन् ।
चापाकोट नगरपालिका वडा नं.५ हिलामराङ स्थित ज्याग्दी खोलाबाट मकैडाडा तर्फ जादै गरेको हिमाल कन्ट्रक्सन प्रालिको ट्याक्टर दुर्घटनामा परेको हो । सडक निर्माणका लागि पानी लैजादै गरेको नम्वर नखुलेको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १८ नयाँ गाउँका ३१ बर्षीय हिरा परियार र चापाकोट ५ का ३२ बर्षीय जिगर परियार घाईते हुनु भएको छ । चालक हिराको पोखरामा उपचार भईरहेको छ भने जिगरको चापाकोटमा नै उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनभयो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP