धर्म संस्कृति संरक्षणका अभियान्ता चैतन्य कृष्णलाई ‘उत्कृष्ट युवा पुरस्कार’
राधाकृष्ण डुम्रे/वालिङ :
धर्म संस्कृति संरक्षणका अभियान्त चैतन्य कृष्ण प्रभुजी अर्थात चोलाप्रसाद बस्याललाई ‘उत्कृष्ट युवा पुरस्कार’ प्रदान गरिएको छ । नेपाल जेसीजले हरेक विभिन्न क्षेत्रमा राम्रो काम गर्दै आएका युवाहरुलाई उत्कृष्ट युवा पुरस्कार प्रदान गर्दै आएको छ ।
बुटवलमा सुरु भएको नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशनको अवसरमा ‘ऐतिहासिक अन्वेषण धर्म सस्कृती को संरक्षणमा योगदान’ क्षेत्रतर्फ उत्कृष्ट युवा पुरस्कार २०२३ बाट चैतन्यलाई सम्मान गरिएको हो ।
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. १ मालुङ्गा निवासी चैतन्य कृष्ण प्रभुले कालीगण्डकी नदीको सभ्यताको संरक्षण,उत्तरवाहिनी क्षेत्रको पहिचान र प्रवर्धन लगायतका क्षेत्रमा काम गर्दै आउनु भएको छ ।
संस्कृतमा आचार्य गर्नु भएका चैतन्य कृष्णले कालीगण्डकीको तटमा गुरुकुल संस्कृत पाठशाला समेत सञ्चालन गर्दै आउनु भएको छ ।
उत्कृष्ट युवा सम्मानका लागि गल्याङ जेसीजले चैतन्य कृष्णलाई सम्मान गर्न नेपाल सेसीजलाई सिफारिस गरेको थियो । सनातन धर्मको संरक्षणका लागि उहाँको योगदान महत्वपूर्ण रहेको गल्याङ जेसीजका अध्यक्ष ऋषि बस्यालले जानकारी दिनुभयो ।
तस्बिर ः सम्मान कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र सम्मानित चैतन्य कृष्ण लगायत । तस्बिर सौजन्य ः विष्णु अधिकारी
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


