हात चल्दैन, राम्रोसँग बोल्न सक्दनैन् तर ‘बुद्धिचाल’को उपाधी जिते फरक क्षमताका विवेकले ।
राधाकृष्ण डुम्रे,
वालिङ,पुस १ गते ।
विवेक राम्रोसँग बोल्न सक्नुहुन्न, हात त चल्दै चल्दैन तर बुद्धिको प्रयोग गर्न भने उहाँ निक्कै माहिर हुुनुहुन्छ ।
शारीरिक रुपले फरक क्षमताका विवेकले हालसम्म औपचारिक शिक्षा लिनु भएको छैन् । कालीगण्डकी गाउँपालिका वडा नं.४ का विवेक पाण्डेले पालिका स्तरिय बुद्धिचाल (चेस) प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर सवैको ध्यान आकर्षण गर्नु भयो र विजेता समेत बन्नुभयो ।
विवेकले सहयोगीको साथमा कुशलता पुर्वक बुद्धिचालका गोटि चालेर अन्य प्रतिस्पर्धीलाई टक्कर दिन सफल हुनु भएको हो ।
सानैदेखि बुद्धिचालमा रुचि राख्ने विवेक फुर्सदको समयमा घरमै अनलाई बुद्धिचाल समेत खेल्नुहुन्छ । नाकको सहायताले विवेक मोवाईल चलाउनु हुन्छ, कहिले पनि विद्यालयको नजानु भएका उहाँले चेस सम्वन्धी अध्ययनका साथै विभिन्न १० वटा अंगेजी उपन्यास समेत पढिसक्नु भएको छ ।
जन्मजात अपाङ्गता भएका विवेकले शेयरको कारोवार समेत नाकले नै मोवाईल चलाएर अनि खुट्टाले ल्यापटप चलाएर पाण्डेले गर्दै आएको बताउनु भयो ।

कालीगण्डकी गाउँपालिका स्याङ्जाले आयोजना गरेका पाँचौ अध्यक्ष कप तथा कालीगण्डकी खेलकुद महोत्सव २०८० ले विवेकको क्षमतालाई वाहिर ल्याउने अवसर जुरुको हो ।
बुद्धिचाल (चेस) प्रति विवेकको रुचि देखेर नै प्रतियोगिताका लागि वडा नं ४ को तर्फबाट छनोट गरिएको वडा नं ४ का खेल संयोजक चिरञ्जीवी न्यौपानेले जानकारी दिनुभयो ।
विवेकले चेस प्रतियोगिताको फाईनलमा हरिचन्द्र पाण्डेलाई पराजित गर्नु भएको हो ।
पालिकाले पहिलो पटक बुद्धिचाल खेलको प्रतियोगिता राखेको हो । पाँचौं संस्करण सम्म आईपुग्दा कालीगण्डकी गाउँपालिकाले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ भने राम्रा खेलाडीहरु पनि उत्पादन भईरहेकाछन् ।
अन्य क्षेत्रको विकास सँगै खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको गाउँपािलकाका अध्यक्ष खिमबहादुर थापाले बताउनु भयो । -तस्बिर :माधव गैह्रे

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


