भीरकोटमा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु ।
भीरकोट :
गन्डकी प्रदेशका उर्जा खानेपानी तथा जलश्रोत मन्त्री सरस्वती अर्याल तिवारीले आफ्नो पहिचान स्थापना गर्नको लागि आइपर्ने सबै चुनौती सामना गर्न सक्नुपर्ने बताउनुभएको छ ।भीरकोट नगरपालिकाले आयोजना गरेको रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री तिवारीले आफ्नो पहिचान बनाउन राजनैतिक ,आर्थिक तथा सामाजिक चुनौतिहरुलाइ सामना गर्न सकेमात्र जीवन सार्थक बन्ने उल्लेख गर्नुभयो ।
मन्त्री तिवारीले विद्यार्थीवर्ग देशको सर्वाङ्गिण पक्षको बोझ उठाउन सक्ने वर्ग रहेको उल्लेख गर्दै विद्यालयस्तरमा खेलकुदका सबै विधामा स्पर्धा गर्न आवश्यक रहेको बताउनुभयो । खेलकुदको माध्यमबाट आफ्नो सहित नगर र समग्र देशकै पहिचान स्थापना गर्न सकिनेमा बिश्वास व्यक्त गर्दै मन्त्री तिवारीले जीवनका महत्वपुर्ण सिप विद्यार्थी जीवनमा नै सिक्नुपर्ने उल्लेख गर्नुभयो । प्रतियोगितामा नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले खेलकुदको विकास तथा संस्थागत गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “खेलकुदको विकास र संस्थागत गर्न भीरकोट नगरपालिकाले आवश्यक सबै पक्षको अबलम्बन गर्दछु नगरप्रमुख कर्माचार्यले भन्नुभयो” खेलमैदान, खेलसामग्री तथा अन्य पक्षको बिकासको लागि हामी तत्पर छौं । हरेक वर्ष आयोजना गरिँदै आएको रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यस वर्षको प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरि १७ वटा विद्यालयहरुको सहभागिता रहेको छ ।
प्रतियोगितामा एथलेटिक्स ,हाइजम्प,लङजम्प,ट्रीपल जम्प, भलिबल,कबड्डी, ज्याभलिन थ्रो र छेलो फाल्ने लगायतका खेलहरु समाबेश गरिएको नगरप्रवक्ता दीपेन्द्र केसीले जानकारी दिनुभयो । भीरकोट नगरपालिकाको खेलमैदान भीरकोट १ सिसौघारीमा सुरु भएको प्रतियोगिता मंसिर १६ देखि १८ सम्म सन्चालन हुनेछ ।
समाचार
थप सामाग्रीअदालतको आदेशसँगै धरौटी बुझाएर छुटे रास्वपा सभापति लामिछाने ।
६ दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन् । कास्की जिल्लाको हिरासतबाट लामिछाने ८४ दिनपछि धरौटीमा रिहा भएका…