भीरकोटमा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु ।
भीरकोट :
गन्डकी प्रदेशका उर्जा खानेपानी तथा जलश्रोत मन्त्री सरस्वती अर्याल तिवारीले आफ्नो पहिचान स्थापना गर्नको लागि आइपर्ने सबै चुनौती सामना गर्न सक्नुपर्ने बताउनुभएको छ ।भीरकोट नगरपालिकाले आयोजना गरेको रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री तिवारीले आफ्नो पहिचान बनाउन राजनैतिक ,आर्थिक तथा सामाजिक चुनौतिहरुलाइ सामना गर्न सकेमात्र जीवन सार्थक बन्ने उल्लेख गर्नुभयो ।
मन्त्री तिवारीले विद्यार्थीवर्ग देशको सर्वाङ्गिण पक्षको बोझ उठाउन सक्ने वर्ग रहेको उल्लेख गर्दै विद्यालयस्तरमा खेलकुदका सबै विधामा स्पर्धा गर्न आवश्यक रहेको बताउनुभयो । खेलकुदको माध्यमबाट आफ्नो सहित नगर र समग्र देशकै पहिचान स्थापना गर्न सकिनेमा बिश्वास व्यक्त गर्दै मन्त्री तिवारीले जीवनका महत्वपुर्ण सिप विद्यार्थी जीवनमा नै सिक्नुपर्ने उल्लेख गर्नुभयो । प्रतियोगितामा नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले खेलकुदको विकास तथा संस्थागत गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “खेलकुदको विकास र संस्थागत गर्न भीरकोट नगरपालिकाले आवश्यक सबै पक्षको अबलम्बन गर्दछु नगरप्रमुख कर्माचार्यले भन्नुभयो” खेलमैदान, खेलसामग्री तथा अन्य पक्षको बिकासको लागि हामी तत्पर छौं । हरेक वर्ष आयोजना गरिँदै आएको रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यस वर्षको प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरि १७ वटा विद्यालयहरुको सहभागिता रहेको छ ।
प्रतियोगितामा एथलेटिक्स ,हाइजम्प,लङजम्प,ट्रीपल जम्प, भलिबल,कबड्डी, ज्याभलिन थ्रो र छेलो फाल्ने लगायतका खेलहरु समाबेश गरिएको नगरप्रवक्ता दीपेन्द्र केसीले जानकारी दिनुभयो । भीरकोट नगरपालिकाको खेलमैदान भीरकोट १ सिसौघारीमा सुरु भएको प्रतियोगिता मंसिर १६ देखि १८ सम्म सन्चालन हुनेछ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


