वालिङका ब्युटिसियनद्वारा देउसीभैलोको रकम बिरामीको उपचारका लागि प्रदान ।
वालिङ, पुस ५ गते ।
वालिङका ब्युटिसियनहरुले गएको तिहारमा देउसीभैलो खेलेर संकलन गरेको रकम विरामीहरुलाई सहयोग गरेकाछन् ।
देउसी भैलोको मौलिकपना संरक्षणसंगै सामाजिक कार्यमा पनि ब्युटिसियन जुटिरहेको छ भन्ने सन्देश प्रवाह गर्नका लागि पनि हरेक वर्ष वालिङका व्युटिसियनहरुले देउसीभैलो खेल्दै आएको जनाएकाछन् । आफूहरुले यसरी संकलन गरेको रकम सामाजिक कार्यमा लगाउँदै आईएको ब्युटिपार्लर एशोसिएसन स्याङ्जाका अध्यक्ष पुष्पा अर्यालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “व्यक्तिको रुपरंगको श्रृङ्गारसंगै सामाजिक कार्यमा पनि हाम्रो सक्रियता छ ।” व्यक्तित्वसंगै समाज र राष्ट्रलाई सभ्य बनाउन ब्युटिसियनहरु पनि लागिपरेका अर्यालको भनाई छ ।
रकमबाट ब्युटिसियनहरुले दुर्घटनामा परी घाईते भएका वालिङ ९ का चन्द्रबहादुुर गुरुङ र वालिङ १३ की क्यान्सरका विरामी शान्ता विकको उपचारको लागीे १५÷१५ हजार सहयोग गरेको अध्यक्ष अर्यालले बताउनु भयो ।

वालिङ माझकोट ३ घर भई ९ मा ज्यालादारी काम गरी बस्दै आएका गुरुङ दुर्घटनामा परी पोखरामा उपचाररत हुुनुहुन्छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा वडा नं. ९ क अध्यक्ष अमृत श्रेष्ठ र १३ का अध्यक्ष नमलाल डुम्रे, व्युटिपार्लर एशोसिएसनकी अध्यक्ष पुष्पा अर्याल, एशोसिएसनकी संस्थापक जिल्ला अध्यक्ष दुर्गा थापालगायतले बोलेका थिए ।
वक्ताहरुले ब्युटिसियनहरुले पर्वको मौलिकपना संरक्षण संगै सामाजिक कार्यमा समेत उक्तिकै सक्रिय रहेको भन्दै पं्रसशा गरेकाछन् ।
कार्यक्रमको संचालन ब्युटिसियन तथा ब्युटिपार्लर एशोसिएसन स्याङ्जाकी सचिव पमिला गुरुङले गर्नुभएको थियो । गतवर्ष पनि वालिङका व्युटिसियसनहरुले देउसीभैलो खेलेर केलादीघाटमा रहेको आश्रमका लागी ८० हजार बराबरको सामाग्री प्रदान गरेका थिए ।
यो बर्ष संकलन भएको अरु रकमबाट वालिङ ११ मा रहेको पर्यटकीय स्थल बाहुनथानमा फलामको कुर्ची राखिने अर्यालले जानकारी दिनुभयो ।
देउसीभैलो खेलेर ब्युटिसियनहरुले एक लाख रकम संकलन गरेका थिए ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


