स्याङ्जामा ट्रक र मोटरसाईकल ठोकिदा,एक जनाको मृत्यु ।
वालिङ :
स्याङ्जाको गल्याङमा शनिवार साँझ भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको गल्याङ नगरपालिका–१ ब्झादि डाँडामा ट्रक र मोटरसाईकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको हो ।
बुटवलवाट गल्याङ तर्फ जाँदै गरेको लु ३८ प २४४५ नम्वरको मोटरसाईकलन र वालिङवाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ५१४३ नम्वरको ट्रक ठोकिएको हो । दुर्घटनामा परि गम्भिर घाईते भएका गल्याङ नगरपालिका–२ का मोटरसाईकल चालक ४३ बर्षीय दिपक थापाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी निरिक्षक पावल सिह लामाले जानकारी दिनुभयो । गम्भिर घाईते भएका थापाको उपचारको क्रममा गह्रौं प्रथामिक अस्पताल वालिङमा मृत्यु भएको प्रहरी निरिक्षक लामाले बताउनु भयो ।
दुर्घटना पछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


