स्याङ्जामा ट्रक र मोटरसाईकल ठोकिदा,एक जनाको मृत्यु ।

accident

वालिङ :
स्याङ्जाको गल्याङमा शनिवार साँझ भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको गल्याङ नगरपालिका–१ ब्झादि डाँडामा ट्रक र मोटरसाईकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको हो ।
बुटवलवाट गल्याङ तर्फ जाँदै गरेको लु ३८ प २४४५ नम्वरको मोटरसाईकलन र वालिङवाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ५१४३ नम्वरको ट्रक ठोकिएको हो । दुर्घटनामा परि गम्भिर घाईते भएका गल्याङ नगरपालिका–२ का मोटरसाईकल चालक ४३ बर्षीय दिपक थापाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी निरिक्षक पावल सिह लामाले जानकारी दिनुभयो । गम्भिर घाईते भएका थापाको उपचारको क्रममा गह्रौं प्रथामिक अस्पताल वालिङमा मृत्यु भएको प्रहरी निरिक्षक लामाले बताउनु भयो ।
दुर्घटना पछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

Facebook Comments Box
TOP