महिला टी–२० क्रिकेट शृङ्खलामा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो

चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलामा नेपाल तेस्रो भएको छ । आज भएको खेलमा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो भएको हो ।

नेपालले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन मात्रै बनायो ।

जापानकी ओपनर अकारी निशीमुराले २९ रन बनाइन् । हिनासी गोटोले १६ रन बनाइन् । नेपालका सङ्गीता राई, सीता रानामगर, इन्दु बर्मा, खुशी डङ्गोल र सोनी पाख्रिनले समान एक विकेट लिए ।

त्यसअघि हङकङ क्रिकेट क्लब मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।

नेपालकी पूजा महतोले ४३ रन बनाइन् । रोमा थापाले २२, रुविना क्षेत्रले २१ र इन्दु बर्माले १२ रन बनाए । यसअघि तान्जानियासँग २७ रन र हङकङसँग ९ विकेटले पराजित भएको नेपालले जापानलाई ६७ रनले हराएको थियो । त्यही जापानलाई हराउँदै नेपाल शृङ्खलाको तेस्रो भएको हो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP