वालिङ : एकै पटक बाह्र वटा स्वास्थ्य चौकी निर्माण

वालिङ :
वालिङ नगरपालिकाले सहज स्वास्थ्य सेवा प्रवाह गर्नका लागि एकै पटक १२ वटा आधुनिक भवन निर्माण गरेको छ । चार वटा प्रतिभवन दुई करोड १४ लाख रुपियाँ, दुई वटा ४७/४७ लाख रुपियाँ र छ वटा भवन २८/२८ रुपियाँ गरी ११ करोड १८ लाख लागतमा सङ्घीय सरकारको अनुदानमा आधुनिक भवन निर्माण सम्पन्न गरिएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मङ्गलबार नवनिर्मित स्वास्थ्य चौकी भवन र विद्युतीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गर्नुभएको छ ।
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले तीनै तहले समन्वय गरेर काम गर्ने र प्रदेशलाई हरेक क्षेत्रको नमुना पालिका बनाउने बताउनुभयो । गण्डकी प्रदेशले स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताउँदै पाण्डेले यहाँका नागरिक अब काठमाडौँ धाउन नपर्ने बताउनुभयो । वालिङ नगरपालिकाभित्र बिरामीले अब बिरामी कार्ड बोकेर हिँड्नु नपर्ने भएको छ । स्याङ्जामै पहिलो पटक वालिङ नगरपालिकाका १८ वटा स्वास्थ्य संस्थामा विद्युतीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (इएचएमआइएस) एकै पटक सुरु गरेसँगै कार्ड बोक्नु नपर्ने भएको हो । नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कमलप्रसाद पाण्डेले अनलाइन प्रणालीको कारण स्वास्थ्य संस्थामा बिरामी आइसकेपछि एक पटक सबै विवरण दर्ता गरिने बिरामीलाई कोड नम्बर दिइने बताउनुभयो । उहाँले अर्को पटक उपचारका लागि आउँदा वा नगरपालिकाका अन्य स्वास्थ्य संस्थामा उपचारका लागि पुग्दा कार्ड बोक्नु नपर्ने बताउनुभयो ।
वालिङ नगरपालिकाले गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको साझेदारीमा इएचएमआइएस सञ्चालनमा ल्याएको हो । ११ पालिका रहेको स्याङ्जामा वालिङ नगरपालिकामा यो प्रणाली जिल्लामा पहिलो पटक सुरु भएको हो । प्रणाली सुरु भएसँगै स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मीले बिरामी तथा सेवाग्राहीलाई स्वास्थ्य सेवा दिँदा ७३ वटा फर्म फारम प्रयोगको अन्त्य भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य मान्त्रालयका सचिव बिनोद बिन्दु शर्माले गण्डकी प्रदेशमा मात्र सञ्चालनमा रहेको यो प्रणालीको गत पुषमा गलकोट नगरपालिकाबाट परीक्षण गरिएको बताउनुभयो । वालिङमा प्रणाली सुरु गरेसँग गण्डकी प्रदेशमा हालसम्म पर्वतबाहेकका ३७ स्थानीय तहका ३९३ वटा स्वास्थ्य संस्थामा लागु गरिएको छ । यो प्रणालीमा बिरामीको व्यक्तिगत विवरण पनि हुने र गोपनीयता राख्ने व्यवस्था मिलाइएको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…