उपकार सहकारीको अधिवेशन शुक्रवार,१६ पदमा ३० जनाको उम्मेद्वारी ।
वालिङ :
जिल्लाकै धेरै सदस्य र सेवाकेन्द्र रहेको उपकार बचत तथा ऋण सहकारी संस्थाको अधिवेशनले वालिङ लगायत यसको कार्यक्षेत्रलाई तताएको छ । संचालक समिति र लेखा सुपरिवेक्षण समितिका लागि कात्तिक १७ गते शुक्रवार निर्वाचन हुदैछ । सहकारी संस्थाको संचालक समिति र लेखा सुपरिवेक्षण समितिका लागि ३० जना प्रतिस्पर्धा गर्दैछन् । यसअघि उमेद्वारी दर्ता गरेका ६ जनाले भने फिर्ता लिएका निर्वाचन समितिले जनाएको छ ।
संस्थाको अध्यक्षका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । २ जनाले उम्मेदवारी फिर्ता लिएपछि ४ जना बिच निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ । गोविन्द पंगेनी र भरतप्रसाद वगालेले सहमतिका लागि भन्दै अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएपछि ४ जना बिच निर्वाचन हुने भएको हो । उपकार सहकारीको अध्यक्ष पदका लागि चेतनारायण श्रेष्ठ, जगदिश गैह्रे, यामकान्त खनाल र लक्ष्मीपति पौडेल बिच निर्वाचन हुने समितिले जनाएको छ ।
यसै गरी उपाध्यक्षका लागि २ जना बिच निर्वाचन हुने छ । उपाध्यक्ष पदमा यज्ञप्रसाद अधिकारी र यामलाल शर्मा पंगेनी बिच निर्वाचन हुने समितिले प्रकाशित गरेको अन्तिम नामावलीमा उल्लेख छ ।
सचिवका लागि कमल प्रसाद पंगेनी, गोकर्ण भट्टराई र विश्वनाथ अर्याल बिच निर्वाचन हुने छ । कोषाध्यक्षका लागि दुर्गा कुमारी न्यौपाने र यज्ञप्रसाद पाठक बिच निर्वाचन हुने समितिले जनाएको छ । ३ जनाले उम्मेदवारी दर्ता गराएको भएपनि समय अवधिमा एक जनाले उम्मेदवारी फिर्ता लिएपछि २ जना बिच मात्रै निर्वाचन हुने निर्वाचन समितिका संयोजक मुक्तिप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
त्यसैगरी ४ महिला सदस्यका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । चार महिला सदस्यका लागि तारा तिवारी, दुरपति दर्जी, मोतिसरा बस्नेत, लक्ष्मी राना, सरस्वती पाण्डे र सिर्जना वस्ती न्यौपाने चुनावी मैदानमा छन् । खुला सदस्यका लागि ८ जना चुनावी मैदानमा छन् । ५ जना सदस्यका लागि शालिकराम न्यौपाने, भविराज गुरुङ्, राजिवकुमार अर्याल, घनश्याम पाठक, सुमनकल्याण अर्याल, राजेन्द्र बगाले, मोहोनीलाल गैह्रे र केम्बरबहादुर सुनार चुनावी मैदानमा छन् ।
यसैगरी लेखा तथा सुपरीबेक्षण समितिको संयोजकमा २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । संयोजकमा परशुराम लम्साल र मोहन गुरुङ बिच निर्वाचन हुने छ । सदस्यमा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सदस्यमा कृष्ण प्रसाद डुम्रे, गोपाल बहादुर जिटी र सिर्जना सिग्देल काफ्ले बिच निर्वाचन हुने समितिले जनाएको छ ।
कात्र्तिक ३ गतेका लागि तय गरिएको निर्वाचनलाई उम्मेदवार र राजनीतिक सहमतिका आधारमा कात्र्तिक १७ गतेलाई सारिएको थियो । बडा दशैंको पुर्व सन्ध्यामा निर्वाचन हुने कारण देखाउदै सहमतिका आधारमा दशैंपछि निर्वाचन गर्ने निर्णय समितिले गरेको हो । निर्वाचन समितिले कात्र्तिक २ गते नै अन्तिम नामावली प्रकाशन गरेको थियो ।
अब ३० जनाको नाम मतपत्रमा छाप्नेगरी अगाडी बढेको समितिले जनाएको छ । निर्वाचन प्रक्रिया सबै पुरा भएको बताइएको छ । बुधबारदेखी मतपत्र छाप्ने र बिहिवार बेलुका सम्म सबै सेवाकेन्द्रका निर्वाचन स्थलमा कर्मचारी पुग्ने गरी तयारी थालिएको निर्वाचन समितिका संयोजक पाण्डेले बताउनु भयो ।
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
६ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…