उपकार सहकारीको अध्यक्षमा यमकान्त खनाल ८५६ मतान्तर सहित निर्वाचित

वालिङ :
स्याङ्जाको वालिङमा मुख्य कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा यमकान्त खनाल निर्वाचित हुनु भएको छ । उहाँले १५७१ म्त पाउनु भएको भने निकटतम प्रतिस्पर्धी लक्ष्मीपति पौडेलले ७१५ मत पाउनु भएको छ । खनाल ८५६ मत धेरै ल्याई निर्वाचित हुनु भएको हो ।
यस्तै उपाध्यक्षमा यज्ञप्रसाद अधिकारी निर्वाचित हुनु भएको छ ।उहाँले २०८६ मत ल्याउनु भएको छ भने यमलाल शर्मा पंगेनीले ४३८ मत पाउनु भएको छ ।
यस्तै सचिवमा गोकर्ण प्रसाद भट्टराई निर्वाचित हुनु भएको छ । उहाँले २०१३ मत ल्याउदा प्रतिस्पर्धी कमल पंगेनीले ५३२ मत ल्याउनु भयो ।
यस्तै कोषाध्यक्षमा दुर्गा कुमारी न्यौपाने निर्वाचित हुनु भएको छ । ५ मतान्तरले यज्ञप्रसाद पाठकलाई पछाडि पार्दै न्यौपाने निर्वाचित हुनु भएको हो । न्यौपानेले १२७५ र पाठकले १२७० मत पाउनु भयो ।
अन्य पदमा भने सहमती भईसकेको छ । खनाल एमालेका नेता पौडेल विरुद्ध बागी उठेको भन्दै कारवाही गरेको थियो तर खनालले नै भारती मतले पौडेललाई पराजित गर्नुभयो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP