स्याङ्जा सहयोग समाजको पाँचौ विश्व सम्मेलन हुँदै ।
स्याङ्जा :
स्याङजा सदरमुकाम अर्थात पुतलीबजार नगरपालिका १ स्थित जिल्ला समन्वय समितिमा अधिवेशन गर्नेगरी तयारी भैरहेको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
अधिवेशनको उदघाटन कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले गर्नु हुर्ने र सम्मेलनमा ४३ देशबाट प्रतिनिधि र पर्यवेक्षकगरी ३ सय ४२ जना सहभागी हुने स्याङ्जा सहयोग समाजका अध्यक्ष टुकराज अर्यालले जानकारी दिनुभयो । उहाले स्थापनापछि जिल्लामा ८ करोड मूल्य बराबरको बिभिन्न सामाजिक सेवा गरेको र १ करोडको अक्षय कोष स्थापना गरेको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलले विश्वका बिभिन्न देशमा रहेर आफना जन्मभूभिप्रति समाजले पुरयाउदै आएको सहयोग प्रशंसा गर्दै आगामी दिनमा समेत निरन्तरता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, कोषाध्यक्ष रमेश गोदार, प्रेस यूनियनका पूर्व अध्यक्ष प्रदीप कोइराला लगायतले सुझाव एवं जिज्ञासा राख्नु भएको थियो ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक खेम काफले, सदस्य योगेन्द्र थापाले निर्वाचन सम्बन्धी जानकारी गराउनु भएको थियो ।
स्याङ्जा सहयोग समाजका अध्यक्ष टुकराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव मुक्ति सुवेदीले संचालन गर्नुभएको थियो । अधिवेशनले नयाँ नेतृत्व सहित ३१ सदस्यीय कार्यसमिति चयन गर्दे सम्पन्न गर्ने जनाईएको छ ।
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


