स्याङ्जा सहयोग समाजको अध्यक्षमा बीरेन्द्रजंग केसी
स्याङ्जा :
स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय समन्वय समितिको आठौँ अधिवेशन तथा पाँचौँ विश्व सम्मेलनले २०२३/२५ का लागि बीरेन्द्रजंग केसी (अमेरिका) को अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
पुतलीबजार नगरपालिका–१ मा भएको अधिवेशनमा अध्यक्षमा चार जनाको दाबी रहे पनि केसीको नेतृत्वमा सर्वसहमतिले कार्य समिति गठन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्ष खगेन्द्र गैह्रे (नेपाल), उपाध्यक्षमा मीन क्षेत्री (बेल्जियम), मुक्ति सुबेदी (जापान), राजेन्द्र शर्मा भट्टराई (नेदरल्यान्ड), थमन सिंह रानाभाट (युएई), विजय थापा (दक्षिण कोरिया), महिला उपाध्यक्षमा इन्दिरा खनाल (बेल्जियम) रहनुभएको छ ।
यस्तै, समितिको महासचिवमा राजेश पाण्डेय (दक्षिण कोरिया), सचिवमा ओमकार पोख्रेल (नेपाल), मोतीप्रसाद अर्याल (पोर्चुगल), कोषाध्यक्ष चिरञ्जीवी ढकाल (नेपाल) रहनुभएको छ ।
समितिको महिला संयोजकमा निर्मला तिवारी (स्पेन), अमेरिका संयोजकमा लिल मल्ल (अमेरिका), मध्यपूर्व संयोजकमा पीताम्बर अर्याल (युएई), युरोप संयोजक अर्जुन अर्याल (पोर्चुगल), एसिया प्यासिफिक संयोजकमा ध्रुव ज्ञवाली (जापान) रहनु भएको छ ।
यसैगरी, सदस्यहरुमा कुलबहादुर पौडेल क्षेत्री, अमरविक्रम अधिकरी, देवी डोटेल, विपिन अर्याल, विदुर कोइराला, गुप्तप्रसाद गैह्रे, तारा गौडेल र हिमलाल डुम्रे रहनुभएको छ ।

२०६६ साल भाद्र १२ गते स्थापना गरिएको समन्वय समितिको विश्व सम्मेलन तथा अधिवेशनमा ४३ देशका प्रतिनिधि तथा पर्यवेक्षक गरी ३१२ जनाको सहभागिता रहेको अध्यक्ष टुकराज अर्यालले बताउनुभयो । स्याङ्जा सहयोग समाजका २३ देशमा राष्ट्रिय समिति गठन भएको र २० देशमा समाजको सम्पर्क प्रतिनिधिहरू रहेको सो संस्थाले जनाएको छ ।
समन्वय समितिले २०७२ को महाभूकम्प, कोरोना महामारीलगायत जिल्लामा भएका आगलागी, बाढीपहिरोजस्ता विपत्तिमा समिति र विभिन्न देशमा रहेका राष्ट्रिय समितिले आठ करोडभन्दा बढी रकम सहयोग गरेको जनाएको छ ।
समाचार
थप सामाग्री-
एमालेका थापाको संकल्प पत्र : सिद्धार्थ राजमार्ग र आँधीखोला जलाशय पहिलो प्राथमिकतामा
-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
४ दिन अगाडि
प्रकाश डोटेल/स्याङ्जा : मुक्तिनाथ कृषि कम्पनीका संस्थापक अध्यक्ष भरतराज ढकालले कृषिमा मूल्य श्रंखला, कृषि क्षेत्रको संस्थागत विकास र रोजगारी सृजनामा…


