स्याङ्जा सहयोग समाजको पाँचौ विश्व सम्मेलन आज ।
राधाकृष्ण डुम्रे,
स्याङजा, मङ्सिर ९ गते ।
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको पाँचौ विश्व सम्मेलन स्याङ्जामा आज हुँदैछ ।
“समृद्ध स्याङ्जाको लागि विश्व अभियान” भन्ने नाराका साथ आयोजना हुन लागेको पाँचौ विश्व सम्मेलन र आठौँ अधिवेशन हुन लागेको समाजका अध्यक्ष टुकराज अर्यालले जानकारी दिनुभभयो । जिल्ला सदरमुकाम स्याङ्जामा हुने सम्मेलनका लागि विभिन्न देशबाट प्रतिनिधिहरु जिल्लामा आई सकेकाछन् ।
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको विक्रम सम्वत २०६६ सालमा स्थापना भएको हो ।
विश्वभर रहेका स्याङ्जाबासीहरुलाई एकताबद्ध गरि विभिन्न देशमा रहेका समस्याहरुको समाधान संस्कृती, विकास, आपसी भातृत्व विकास गर्दे स्याङ्जा जिल्लाको आर्थिक तथा सामाजिक विकासमा सहकार्य गर्ने उद्देश्यले समितिको स्थापना भएको अध्यक्ष अर्यालको भनाई छ ।
स्याङ्जा सहयोग समाजका २३ देशमा राष्ट्रिय समिति गठन भएको र २० देशमा समाजको संम्पर्क प्रतिनिधिहरु रहेका अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।
विश्व सम्मेलनमा ४३ देशका प्रतिनिधि तथा पर्यवेक्षकहरु गरि तीन सय ४२ जनाको सहभागीता रहने उहाँले बताउनु भयो ।
विभिन्न देशमा रहेका राष्ट्रिय समितिहरुको योगदानले हाल सम्म विभिन्न राहत, सहयोगमा करिव आठ करोड रकम सहयोग गरिसकिएको अध्यक्ष अर्यालले बताउनु भयो ।
ठुला विपत्तिहरु भूकम्प २०७२, कोरोना महामारी, लगायत जिल्लामा भएका आगलागी, बाढी पहिरो जस्ता विपत्तिहरुमा सहयोग कार्य गरिरहेको छ । विभिन्न देशमा मृत्युवरण गर्नु भएका स्याङ्जाबासीहरुको शव नेपाल ल्याउने तत् देशहरुमा परेका समस्याहरुको समाधान गर्ने, आवश्यक परामर्शहरु प्रदान गर्ने कार्यहरु गरिरहेको छ । विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्रीहरु, अक्षयकोष स्थापना, बालगृह, बृद्धाआश्रमहरुमा सहयोग नियमितरुपमा गरिरहेको छ । संस्थाको आफ्नै रु १ करोडको अक्षयकोष पनि स्थापना गरेको छ ।
सम्मेलन कानुन,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रम भौतिक तथा भर्चुअल दुबै माध्यमबाट गरिने आयोजकको भनाई छ । सम्मेलनले आगामी २ बर्षको लागि अध्यक्ष सहित ३१ सदस्यीय नयाँ नेतृत्वको चयन समेत गर्ने छ ।
समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


