स्याङ्जामा फेरी अटो रिक्सा दुर्घटना एक घाईते ।
वालिङ :
स्याङ्जामा फेरी अटो रिक्सा दुर्घटना भएको छ । पुतलीबजार नगरपालिका वडा नं. ३ आम्बोट स्थित सिद्धार्थ राजमार्गमा स्याङ्जाबाट बाडखोला तर्फ जाँदै गरेको लु.१ ह. ३८१५ नं. को अटो दुर्घटनामा परेको हो ।
दुुर्घटनामा पुतलीबजार नगरपालिका वडा नं. १ घुम्ती बस्ने बर्ष ५५ की माया पौडेल घाईते हुनु भएको छ । उहाँको पोखरामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
अटो रिक्सा ब्रेक लगाउने क्रममा भित्तामा ठोक्किन गई दुर्घटना भएको प्रहरीको भनाई छ । यसबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
यसअघि गएकाे हप्ता वालिङमा भएको अटो रिक्सा दुर्घटनामा एक शिशुको ज्यान गएको थियो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


