सानिमा बैंकले स्याङ्जामा खोल्यो शाखा

sanima Syangja

स्याङ्जा :

सानिमा बैंकले स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरेको छ । शाखा कार्यालयको उद्घाटन बैंकका ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, सञ्चालक रमेशकुमार पोखरेल र प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा गर्नुभयो । कार्यक्रममा मदनकृष्ण श्रेष्ठले सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो ।
सञ्चालक पोखरेलले सानिमा बैंकलाई विश्वास गरी सबल अनि विश्वसनीय बैंकको रुपमा स्थापित हुन सहयोग गर्ने ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्नुभयो । त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत पाण्डेले स्याङ्जामा शाखा स्थापना गरेर बैंकले स्थानीय ग्राहकलाई विश्वसनीय एवं स्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो । सानिमा बैंकका देशका सातै प्रदेशमा १३३ कार्यालय र १२३ एटीएम सञ्चालनमा छन् ।
Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP