मौन आवज तथा मिलन समिर र मिलन समिरहरु कृतिको लोकार्पण ।

राधाकृष्ण डुम्रे/वालिङ :
मौन आवज तथा मिलन समिर र मिलन समिरहरु कृतिको लोकार्पण गरिएको छ । वालिङमा शनिवार आयोजित एक कार्यक्रममा साहित्यकार शम्भु अर्याल र मिलन उपाध्याय (समीर) ले लेखेका दुई कृतिको लोकार्पण गरिएको हो ।
वालिङ नगरपालिका– ६ का ४५ वर्षीय अर्यालको निबन्ध सङ्ग्रह ‘मौन आवाज’ र गल्याङ ८ का ३९ वर्षीय समीरको ‘मिलन समीर र मिलन समीरहरू’ लोकार्पण गरिएको हो ।
कार्यक्रममा साहित्यकार ओम श्रेष्ठ रोदन,जयदेव भट्टराई,मधुपर्कका प्रधान सम्पादक जयदेव भट्टराई लगायतले लोकार्पण गर्नु भएको हो ।
वालिङ प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा पूर्व नगरप्रमुख दिलिपप्रताप खाँण,साहित्यकार ध्रुव प्रसाद शर्मा लगायतले बोल्नु भएको प्रतिष्ठानका अध्यक्ष अनन्तराज अर्यालले बताउनु भयो । कार्यक्रममा विभिन्न साहित्यकारहरुलाई सम्मान समेत गरिएको थियो ।
साहित्यकार समीरले लेख्नु भएको ‘मिलन समीर र मिलन समीरहरू’ किताबमा यतिबेला, पर्खाइमा, दुर्भाग्य, विडम्बना, दृष्टिभ्रम र केही अपवाद बाहेक गरी सात खण्डमा ७६ वटा कविताहरू समावेश गरिएको छ ।
मिलनले कविता, कथा, गजल, लघुकता लगायतका ४१ वटा कृतिहरू प्रकाशन गर्नु भएको छ । मलनले २०५८ मा ‘मिर्मिरे बिहानी ’ शीर्षकको कवितामार्फत साहित्यमा लेखन थाल्नु भएको थियो ।
यस्तै अर्यालको मौन आवाजमा ३३ वटा निबन्ध समावेश गरिएको छ । २०६६ सालमबाट निबन्ध, कविता, लघुकथा, गजलमा कलम चलाउनु भएका अर्यालका २३ वटा कृति प्रकाशित भएका छन् । अर्यालले २०७५ मा ‘सेतो सुनखानी’ कविता सङ्ग्रह प्रकाशित गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…