मौन आवज तथा मिलन समिर र मिलन समिरहरु कृतिको लोकार्पण ।
राधाकृष्ण डुम्रे/वालिङ :
मौन आवज तथा मिलन समिर र मिलन समिरहरु कृतिको लोकार्पण गरिएको छ । वालिङमा शनिवार आयोजित एक कार्यक्रममा साहित्यकार शम्भु अर्याल र मिलन उपाध्याय (समीर) ले लेखेका दुई कृतिको लोकार्पण गरिएको हो ।
वालिङ नगरपालिका– ६ का ४५ वर्षीय अर्यालको निबन्ध सङ्ग्रह ‘मौन आवाज’ र गल्याङ ८ का ३९ वर्षीय समीरको ‘मिलन समीर र मिलन समीरहरू’ लोकार्पण गरिएको हो ।
कार्यक्रममा साहित्यकार ओम श्रेष्ठ रोदन,जयदेव भट्टराई,मधुपर्कका प्रधान सम्पादक जयदेव भट्टराई लगायतले लोकार्पण गर्नु भएको हो ।
वालिङ प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा पूर्व नगरप्रमुख दिलिपप्रताप खाँण,साहित्यकार ध्रुव प्रसाद शर्मा लगायतले बोल्नु भएको प्रतिष्ठानका अध्यक्ष अनन्तराज अर्यालले बताउनु भयो । कार्यक्रममा विभिन्न साहित्यकारहरुलाई सम्मान समेत गरिएको थियो ।
साहित्यकार समीरले लेख्नु भएको ‘मिलन समीर र मिलन समीरहरू’ किताबमा यतिबेला, पर्खाइमा, दुर्भाग्य, विडम्बना, दृष्टिभ्रम र केही अपवाद बाहेक गरी सात खण्डमा ७६ वटा कविताहरू समावेश गरिएको छ ।
मिलनले कविता, कथा, गजल, लघुकता लगायतका ४१ वटा कृतिहरू प्रकाशन गर्नु भएको छ । मलनले २०५८ मा ‘मिर्मिरे बिहानी ’ शीर्षकको कवितामार्फत साहित्यमा लेखन थाल्नु भएको थियो ।
यस्तै अर्यालको मौन आवाजमा ३३ वटा निबन्ध समावेश गरिएको छ । २०६६ सालमबाट निबन्ध, कविता, लघुकथा, गजलमा कलम चलाउनु भएका अर्यालका २३ वटा कृति प्रकाशित भएका छन् । अर्यालले २०७५ मा ‘सेतो सुनखानी’ कविता सङ्ग्रह प्रकाशित गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


