हरिबोधिनी एकादशीमा बिदा

वालिङ मङ्सिर ६ गते ।
स्याङ्जाको चापाकोट नगरपालिकाले हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिने भएको छ । कालीगण्डकी नदिको तटमा रहेको पालिकाले एक सूचना निकाल्दै हरिबोधिनी एकादशीको अवसरमा विदा दिने जनाएको हो ।
कालीगण्डकी नदिमा धार्मिक मेला लाग्ने भएकोले सो दिन बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालले जानकारी दिनुभयो ।
उहाँले विगतमा पनि हरिबोधनी एमादशीमा पालिका भर सार्वजनिक विदा दिदै आएको बताउनु भयो ।
एकादशीको दिन चापाकोट नगर कार्यपालिकाको कार्यालय, नगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरू, सम्पूर्ण शिक्षण तथा स्वास्थ्य संस्था र अन्य सार्वजनिक सङ्घ संस्थाहरूमा सार्वजनिक बिदा दिइएको खनालले बताउनुभयो ।
तस्बिर ः चापाकोट नगरपालिकाको कार्यालय ।
समाचार
थप सामाग्री
कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु, आज रक्तदान हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान…