नेपाली विद्यार्थीहरुको सहयोगार्थ कतारमा सांस्कृतिक कार्यक्रम

भीरकोट :
नेपालमा रहेका गरिब तथा जेहन्दार विद्यार्थीको सहयोगार्थ कतारमा सांस्कृतिक कार्यक्रम भएको छ । स्याङ्जा सहयोग समाज कतारको समन्वय र यसैको मातहतमा रहेको स्याङ्जा सहयोग समाज, भीरकोट नगर इकाइको आयोजनामा शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । शुभ दीपावली, छठ तथा नेपाल संवतको अवसर पारेर १० नोभेम्बर अर्थात कात्तिक २४ गते शुक्रबार स्याङ्जा सहयोग समाज भीरकोट नगर इकाई, कतारको आयोजनामा सनैयाको फूलबारी रेस्टुरेन्टमा नेपाली मौलिक पन्चेबाजा सहितको शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको भीरकोट ईकाईका अध्यक्ष लिल बहादुर रोकाले जानकारी दिए।
गृह जिल्ला स्याङ्जाको भीरकोट नगरपालिकामा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई आर्थिक तथा शैक्षिक सामाग्री सहयोग गर्न कार्यक्रम गरिएको भीरकोट ईकाईका अध्यक्ष रोकाले बताए । कार्यक्रममा नेपालीहरूले खरिद गरेको भाग्यशाली चिट्ठा समेत खोलिएको छ । प्रवासमा रहेका नेपाली दाजुभाइबीच सुमधुर सम्बन्ध राख्न र धर्म संस्कृतिलाई जोगाउँदै नेपालीहरुको महान पर्वकै अवसरमा आर्थिक सहयोग पनि संकलन गर्न पन्चे बाजा सहितको कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
समाचार
थप सामाग्री
स्याङ्जामा ट्रक दुर्घटना चालक गम्भीर घाइते
२ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटना ट्रक…