नेपाली विद्यार्थीहरुको सहयोगार्थ कतारमा सांस्कृतिक कार्यक्रम
भीरकोट :
नेपालमा रहेका गरिब तथा जेहन्दार विद्यार्थीको सहयोगार्थ कतारमा सांस्कृतिक कार्यक्रम भएको छ । स्याङ्जा सहयोग समाज कतारको समन्वय र यसैको मातहतमा रहेको स्याङ्जा सहयोग समाज, भीरकोट नगर इकाइको आयोजनामा शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । शुभ दीपावली, छठ तथा नेपाल संवतको अवसर पारेर १० नोभेम्बर अर्थात कात्तिक २४ गते शुक्रबार स्याङ्जा सहयोग समाज भीरकोट नगर इकाई, कतारको आयोजनामा सनैयाको फूलबारी रेस्टुरेन्टमा नेपाली मौलिक पन्चेबाजा सहितको शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको भीरकोट ईकाईका अध्यक्ष लिल बहादुर रोकाले जानकारी दिए।
गृह जिल्ला स्याङ्जाको भीरकोट नगरपालिकामा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई आर्थिक तथा शैक्षिक सामाग्री सहयोग गर्न कार्यक्रम गरिएको भीरकोट ईकाईका अध्यक्ष रोकाले बताए । कार्यक्रममा नेपालीहरूले खरिद गरेको भाग्यशाली चिट्ठा समेत खोलिएको छ । प्रवासमा रहेका नेपाली दाजुभाइबीच सुमधुर सम्बन्ध राख्न र धर्म संस्कृतिलाई जोगाउँदै नेपालीहरुको महान पर्वकै अवसरमा आर्थिक सहयोग पनि संकलन गर्न पन्चे बाजा सहितको कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


