यूएईलाई हराउँदै नेपाल टी–२० विश्वकपमा छनाेट
काठमाण्डाै :
यूएईलाई हराउँदै नेपाल आउँदाे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनाेट भएकाे छ । आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएकाे सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायाे ।
यूएईले दिएकाे १ सय ३५ रनकाे लक्ष्य नेपालले १७ ओभर १ बलमा भेटायाे । नेपालका आसिफ शेखले अर्धशतक बनाए । यस्तै कप्तान पाैडेलले ३३ रन बनाए । बलिङतर्फ यूएईका बसिल हमीद र निलान्श केसवानीले समान १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनायो । यूएईका वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाए । यस्तै मुहम्मद वसिमले २६, अलिशान शरुफुले १६ र आशिफ खानले १३ रन जोडे । बलिङतर्फ नेपालका कुशल मल्लले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए । यस्तै सोमपाल कामी र रोहित पौडेलले समान १ विकेट लिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


