कालीगण्डकी नदी गहिरिँदा जोखिममा पुल
कालीगण्डकी नदी गहिरिँदै गएपछि स्याङ्जाको मिर्मी र गुल्मी हर्मिचौर जोड्ने रेप्काको पक्की पुल जोखिममा परेको छ । सो पुल २०५२ सालमा निर्माण गरिएको हो । पुलको पिल्लरको तल्लो भाग देखिन थालेपछि यात्रु र सवारीचालक जोखिम महसुस गर्न थालेका छन् ।
कालीगण्डकी जलविद्युत् परियोजना ‘ए’ निर्माणको क्रममा गुल्मीको हर्मिचौर र स्याङ्जाको मिर्मीलाई जोड्ने गरी कालीगण्डकी नदीको रेप्कामा इटालियन सरकारले निर्माण गरिदिएको पुल जोखिमपूर्ण बनेको एक दशक भइसकेको छ तथापि सो पुलको मर्मततर्फ कसैको ध्यान जान सकेको छैन ।
बुटवल र पोखरादेखि गुल्मीको पूर्तिघाट र बागलुङसम्म जाने सवारीसाधनले सो पुलको प्रयोग गर्दै आएका छन् । पुल जीर्ण बन्दै गर्दा पनि सरोकारवाला कसैले विकल्पका रूपमा नयाँ पुल बनाउन पहलकदमी नलिएको सवारीधनी र स्थानीयले गुनासो गर्दै आएका छन् । जुनसुकै समयमा पनि पुल भत्किन सक्ने भन्दै जनताको सुरक्षाबारेमा कसैले चासो नदेखाएको सवारीचालक गगन तरामुले बताउनुभयो । सो पुल हुँदै जोखिम मोलेरै यात्रा गर्नुको विकल्प छैन ।
वर्षौंदेखि जीर्ण पुलका बारेमा कसैको ध्यान पुग्न नसक्नु दुःखद भएको स्थानीय बासिन्दाले बताएका छन् । यस स्थानमा नयाँ पुल निर्माण गर्न पहल गर्नुपर्ने स्थानीय मुक्तिप्रसाद पाण्डेले बताउनुभयो । कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेदबहादुर थापाले जीर्ण बन्दै गएको पुलको ठाउँमा नयाँ पुल निर्माण गर्न स्थानीय सरकारको पहल जारी रहेको बताउनुभयो । Gorkhapatra online.
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


