हुलाक कार्यालय स्याङ्जाको समीक्षा तथा अन्तरक्रिया सम्पन्न

स्याङ्जा :

जिल्ला हुलाक कार्यालय, स्याङ्जाले जिल्ला स्तरीय प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयबाट प्रवाह हुने सेवा तथा संरचनागत सुधारका लागि समीक्षा एवं अन्तरक्रिया गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ स्याङ्जाका काषाध्यक्ष एवं रेडियो स्याङ्जाका प्रमुख व्यवस्थापक रमेश गोदारले हुलाक कार्यालयको सेवालाई, सेवाग्रहीको आबश्यकता र समयानुकुल परिस्कृत गर्दै जानुपर्ने बताउनुभयो । उहाँले हुलाकको आबश्यकता र भूमिका आजपनि उत्तिकै रहेको बताउँदै, हुलाक मातहतका संरचनालाई स्थानीय आबश्यकता अनुसारको भूमिका सृजना गरि परिचालन गर्नुपर्ने बताउनुभयो । कोषाध्यक्ष गोदारले समिक्षाबाट प्राप्त नतिजामा केन्द्रित रही उच्च मनोबलका साथ कृयाशिल रहन कार्यालय मातहतका सबैलाई अनुरोध गर्नुभयो । कार्यक्रममा नागरिक समाजका अध्यक्ष एवं पत्रकार महासंघ स्याङ्जाका पूर्व अध्यक्ष ओमप्रकाश शर्मा, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हिकमत श्रेष्ठ, महासचिब रामचन्द्र नेपाल, हुलाक कार्यालयका लेखापाल रमेश बिश्वकर्मा , ईलाका हुलाक भुम्रेका प्रमुख राहुल बिश्वकर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो .

कार्यक्रममा जिल्ला हुलाक अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले कार्यालयको सेवा प्रवाह र हुलाकको अौचित्य, डाक आयात निर्यात सम्बन्धि नायब सुब्बा रमेश राज ढकाल, अतिरिक्त हुलाक सम्बन्धि कानुनी व्यवस्था सुरेश थापा र लेखापाल रमेश बिश्वकर्माले लेखा व्यबस्थापनका बिषयमा कार्यपत्र प्रस्तुति सहित सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा जिल्ला हुलाक कार्यालय तथा जिल्लाका सबै ईलाका हुलाक कार्यालयका प्रमुख एवं प्रतिनीधीको सहभागिता रहेको थियो । जिल्ला हुलाक कार्यालय, स्याङ्जाका प्रमुख कृष्णप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्ममा स्वागत मन्तव्य कार्यालयका नायब सुब्बा ज्ञानेन्द्र मरासिनीले र कार्यक्रमको संचालन खरिदार सुरेश थापाले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP