गरिमा विकास बैंक आजदेखि १७औं बर्षमा

काठमाडौँ : ‘एसेस टू अल’ मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री एवं नविनतम डिजिटल बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको यस गरिमा विकास बैंक लिमिटेड विहीबार आफ्नो स्थापनाकालको १६औं बर्ष पूरा गरि १७औं बसन्तमा प्रवेश गरेको छ ।

बैंकले यस अवसरमा निरन्तर साथ दिनुहुने हाम्रा सेवाग्राही, शेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु, कर्मचारी तथा शुभेच्छुकहरु प्रति हार्दिक कृतज्ञता प्रकट गरेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ । हाल प्रकाशित चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार यस विकास बैंकले रु ८० अर्ब निक्षेप संकलन गरेको छ भने करिब रु. ६८ अर्ब कर्जा लगानीमा रहेको छ । करिब ८ लाख ग्राहकहरुलाई सेवा पुर्याईरहेको यस विकास बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर उत्साहजनक तथ्य प्रस्तुत गरिरहेको छ ।

यस विकास बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा देशको राजधानी काठमाडौंको पुतलीसडकमा १२३ औं शाखा विस्तार गरेको छ भने देशैभर एकैदिन १७ संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको छ ।

यसैबीच श्री शिव पार्वती बृद्धाश्रम तथा बहुउद्धेश्य संस्था, रामनदी धाम स्याङ्जाकाे बृद्धाश्रम र र गुरुकुलमा  न्यानो कपडा वितरण गरिएको छ ।

Facebook Comments Box
TOP