गरिमा विकास बैंकद्वारा ७६ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
गल्याङ :
गरिमा विकास बैंकको १७ औं वार्षिकोत्सवको अवसर पारेर गल्याङ १ राम्दी र वडा नं.११ हुँगीघाट स्थित बृद्व आश्रममा बस्दै आउनु भएका ७६ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
राम्दीमा रहेको शिब पार्वती वृद्वाश्रम तथा बहुउदेश्यीय संस्था र निम्बार्क सत्सङ्गाश्रमका जेष्ठ नागरिकहरुका लागि न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रममा गरिमा विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले सबैको सकारात्मक सहयोगले गरिमा विकास बैंक अगाडि बढ्दै गएको बताउनुभयो । उहाँले ग्राहकहरुको विश्वासका कारण आफुहरु अगाडि बढेको भन्दै ग्राहकको विश्वासलाई कमी हुन नदिने बताउनुभयो ।
अध्यक्ष बस्यालले गरिमा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विभिन्न कामहरु गरिरहेको बताउनुभयो । उहाँले स्याङ्जाका व्यवसायीहरुको सक्रीयतामा बनेको बैंक अहिले देशव्यापी हुनुमा सबै कर्मचारी, सेयर सदस्य, पत्रकार र सबैको उत्तिकै साथ रहेको बताउनुभयो । उहाँले नविनतम प्रविधि अनुसार बैंकलाई परिमार्जन गर्दै लगिने बताउनुभयो ।
बैंक स्याङ्जाबाटै स्थापना भएकोका कारणले राम्दीमा विशेष कार्यक्रम गरेर बैंकको सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर न्यानो कपडा वितरण गरिएको कुरा बताउनु भयो । अध्यक्ष बस्यालले शुमकामना सन्देश दिदै गरिमा विकास बैंक लिमिटेड आजदेखी १७ औं वर्षमा प्रवेश गरेको अवसरमा सबै प्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।

उहाँले बैंकप्रति विश्वास गरी बैंकको सफलतामा महत्वपूर्ण भुमिकामा रहनु भएका ग्राहकवर्ग, सेवाग्राही, शेयरधनी, पुर्ब अध्यक्ष, सन्चालक तथा बैंकमा कार्यरत सम्पूर्ण कर्मचारी प्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । यस्तै, नियमनकारी निकाय तथा विज्ञ व्यक्तिहरु, वित्तीय बजारमा विश्वसनीय तथा प्रभावकारी वातावरण निर्माण गर्न सहयोग गर्नुहुने सञ्चार क्षेत्र तथा सो सँग आवद्ध सम्पूर्ण पत्रकार महानुभावहरु, मैत्रीपूर्ण प्रतिस्पर्धा गरिरहेका बैंक तथा वित्तीय संस्थाहरु प्रति पनि उहाँले धन्यवाद तथा कृतज्ञता प्रकट गर्दै आगामी दिनमा पनि यस्तै प्रकारको सहयोग, सद्भाव तथा सुझावको अपेक्षा गरेको उल्लेख गर्नुभएको छ ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर तीनका अध्यक्ष कृष्णप्रसाद भट्टराईले गरिमा विकास बैंकले सामाजिक उत्तरदायीत्वको काममा महत्वपूर्ण काम गरेको बताउनुभयो ।
गरिमा विकास बैंक क्षेत्रीय शाखा अन्तर्गत वालिङ शाखा प्रमुख लेखनाथ भट्टराईले गरिमा विकास बैंकले पु¥याइरहेको योगदानको चर्चा गर्नुभएको थियो ।
गरिमा विकास बैंकका गल्याङ शाखा प्रमुख यज्ञमुर्ति न्यौपानेले गरिमा विकास बैंकले सकेसम्म सुविधा सहितका सेवा दिन प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा शिब पार्वती जेष्ठ नागरिक आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई स्वीटर सहितका न्यानो कपडा वितरण गरिएको थियो ।
शिब पार्वती वृद्वाश्रम तथा बहुउदेश्यीय संस्थाका कार्यालय सचिव सुनिल श्रेष्ठले आफ्नो संस्थालाई सम्झेर जाडोको समयमा न्यानो कपडा वितरण गरिदिनु भएकोमा विशेष धन्यवाद दिनु भयो ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


