जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५७ पुग्यो
गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टरस्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ । भूकम्पमा परी ९९ महिला र ५८ पुरुष गरी १५७ जनाको ज्यान गएको पुष्टि भएको छ ।
भूकम्पमा परी सबैभन्दा बढी मृत्यु जाजरकोट जिल्लाबाट भएको छ । जहाँ ७२ महिला र ३३ परुष गरी जम्मा १०५ जनाको मृत्यु भएको छ । यस्तै, रुकुमपश्चिम जिल्लामा २७ महिला २५ पुरुष गरी ५२ जनाको मृत्यु भएको छ ।
भूकम्पमा जाजरकोट, रुकुमपश्चिम, दैलेख र जुम्ला जिल्लाका १६६ जना घाइते भएका छन् । जसमध्ये पाँच जना डिस्चार्ज भएका छन् । बाँकी १६१ जनामध्ये ३२ जनाको भेरी अस्पताल नेपालगन्ज, २४ जनाको प्रदेश अस्पताल सुर्खेत, सात जनाको टिचिङ अस्पताल काठमाडौँ र बाँकीको जाजरकोट, रुकुमपश्चिमका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
४ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


