बिरुवामा पाँचौं राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु
वालिङ :
बिरुवा गाउँपालिकामा गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सुरु भएको छ । वडा नम्वर ८ मेथाभुरुङस्थित पुष्प मदन खेलमैदानमा गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता बुधबार समुद्घाटन भएको हो ।
प्रतियोगिताको समुद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता गाउँ ठाउँमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गर्ने अवसर भएको बताउनुभयो । विगतका वर्षसम्म गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता सम्पन्न गरिसकेको स्मरण गर्दै अध्यक्ष कुँवरले पाँचौ संस्करणको प्रतियोगिता भव्य र विद्यार्थीहरुले पनि आफ्नो प्रतिभा प्रस्फुटनको अवसरकारुपमा लिएर राम्रो खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
खेलकुदले स्वास्थ रहन र राष्ट्रको लागि समेत महत्वपूूर्ण भूमिका खेल्ने भएकाले अनुशासित भएर खेल्न विद्यार्थीहरुलाई अध्यक्ष कुँवरको आग्रह छ ।
गाउँ स्तरीय खेलकुद विकास समितिद्वारा आयोजित पाँचौं संस्कारणको राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताको संयोजन तथा यवस्थापन भुरुङ चौकी माध्यमिक विद्यालयले गरेको हो । प्रतियोगितामा पालिकाका १० वटा विद्यालयको सहभागिता रहेको छ । १८ वर्ष मुनिका विद्यार्थीहरुलाई प्रतियोगिता सहभागी गराइएको हो । भलिबल, १६ सय, आठ सय, तथा ४ सय मीटर दौड, कपर्दी लगायत १३ वटा विधामा प्रतियोगिता गराइने आयोजकले जनाएको छ । गाउँ स्तरीय प्रतियोगिताबाट छनौट भएका विद्यार्थीहरु जिल्ला स्तरीय छनौट प्रतियोगितामा र जिल्लाबाट छनौंट भएकाहरु प्रदेश स्तरीय प्रतियोगितामा जान सक्नेछन् । प्रदेश स्तरीय प्रतिस्पर्धाबाट छनौट भएकाहरु राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको यही १५ गते शुक्रबार सम्पन्न गरिने आयोजकले जनाएको छ ।
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


