बयरघारी–ठूलीभञ्ज्याङ सडक धमाधम कालोपत्रे
स्याङ्जा :
भीरकोट नगरपालिकादेखि पर्वतको हुवास बजार जोड्ने बयरघारी, मोहनडाँडा, ठूलीभञ्ज्याङ सडकको कालोपत्रे गर्ने काम धमाधम अगाडि बढेको छ । भीरकोटको नगरपालिकातर्फ १२ किलोमिटर र पर्वततर्फ साढे छ किलोमिटर सडक छ ।
भीरकोट नगरपालिकाले पहिलो चरणमा ८७० मिटर सडक खण्ड कालोपत्रेलाई तीव्रता दिएको हो । भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले ग्लोबल रुपजेभीले २०७९ चैत्र १२ गते एक वर्षमा काम सक्ने गरी नगरपालिकाको बजेट तीन करोड ८५ लाख ४२१ रुपियाँमा सम्झौता गरेर काम अगाडि बढाएको बताउनुभयो ।
स्याङ्जा पर्वत जोड्ने यो सडक नगरपालिकाको रणनीतिक सडकमध्ये एक भएको ढुङ्गानाले बताउनुभयो । हरेक वर्ष बजेट विनियोजन गरी पालिकाभित्रको १२ किमी सडक कालोपत्रे हुने ढुङ्गानाले बताउनुभयो ।
यसै आर्थिक वर्षमा समेत डेढ करोडको टेण्डर निकालेर काम अगाडि बढाएको छ भने सङ्घीय सरकारबाट ७५ लाख बजेटको बहुवर्षीय टेण्डर अगाडि बढाउने तयारी पालिकाले गरेको छ ।
उहाँले यो सडक पर्वतको दक्षिण भेग पैयुँ, विहादी महाशिला गाउँपालिकाका जनतालाई पोखरा पुग्न सबैभन्दा छोटो बाटो भएको बताउनुभयो ।
यो सडक निर्माणपश्चात् भीरकोटको वडा नम्बर १, ६, ८ र ९ तथा पर्वतका पैयुँ, बिहादी, महाशिला गाउँपालिकाका हजारौँ नागरिक लाभान्वित हुनेछन् ।
अहिले सङ्घीय बजेटमार्फत १९ करोड रुपियाँमा हातेमालो चोक बयरघारी सडक खण्डको काम सुरु भए पनि ठेकेदारको लापरबाहीले कालोपत्रे गर्ने काम अलपत्र परेको बताउनुभयो ।
वडा नं ९ का वडा अध्यक्ष नन्दलाल खनालले ठेकेदारले काम बिचमै छोडेर सम्पर्कविहीन हुँदा त्यतिधेरै रकम फ्रिज भएको बताउनुभयो ।
लुम्दीखोलामा पुल नहुँदा निक्कै सास्ती खेप्नुपरेको बताउँदै खनालले सडक कालोपत्रेसगै विभिन्न खाद्यान्नको बिउ उत्पादन गर्ने, फलफूल, अदुवा लगायतका नगदेवालीहरुको बजारीकरणले कृषकलाई सहज बनाउने बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


