भीरकोट नगरपालिकाद्धारा भुकम्प प्रभावितलाई ३ लाख सहयोग
वालिङ :
स्याङ्जाको भीरकोट नगरपालिकाले भुकम्प प्रभावितलाई ३ लाख सहयोग गर्ने निर्णय गरेको छ । बुधबार बसेको १०६औँ कार्यपालिका बैठकले भुकम्प प्रभावितहरुका लागी ३ लाख रुपैँया प्रधानमन्त्री दैवि प्रकोप राहत उद्धार कोषमा ३ लाख रुपैँया जम्मा गर्ने निर्णय गरेको हो । साथै भुकम्प प्रभावितका लागी फाईबर सिरेक समेत पठाईएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै लायन्स क्लब अफ भीरकोट पश्चिम रूकुमका भुकम्प पीडितहरूका निम्ति राहत सामाग्री लिएर गन्तव्यतर्फ प्रथान गरेको छ । पश्चिम रूकुमको आठबिसकोट नगरपालिकाका भुकुम्प पीडितहरूलाई राहत सामाग्री वितरण गरिने क्लबका अध्यक्ष यामप्रसाद अधिकारी(लक्ष्मण) ले बताउनुभयो ।
क्लबले आफ्ना सदस्यहरू, भीरकोट र अर्जुनचौपारीका शुभेच्छुक व्यक्ती एवं संघसंस्थाहरूसँग आर्थिक सहयोग लिइ राहत सामाग्री खरिद गरेको क्लबले जनाएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


