भीरकोट नगरपालिकाद्धारा निशुल्क जैघाँस वितरण

वालिङ :
भीरकोट नगरपालिकाले जै घाँसको बिउ वितरण गरेको छ । नगरपालिकाले निशुल्क घाँसको बिउ वितरण गरेको हो । नगरपालिकाले यसअघि घाँस मागको निवदन पेश गर्न सूचना निकालेको थियो । सोहि माघको आधारमा घाँसको बिउ वितरण गरेको नगरपालिकाले जनाएको छ । घाँसको बिउ भोलीसम्म वितरण हुनेछ ।
१२०० किलो घाँसको बिउ वितरण गर्ने नगरपालिकाले कृषि  तथा पशु फर्म, समुह र कृषकहरुलाई वितरण गरेको हो । घाँसको बिउ वितरण कार्यक्रममा नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले कृषकलाई आवश्यक प्राविधिक सहयोग नगरपालिकाले गर्ने भन्दै कृषि उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाईने बताउनुभयो । कृषकहरुलाई उत्पादनको लागी प्रोत्साहनका कार्यक्रमहरु ल्याईएको भन्दै नगरपालिकाबाट प्राप्त हुने सेवाको लाभ लिन नगरबासीलाई आग्रह गर्नुभयो । कृषकहरुले उत्पादन गर्नुभएको कृषि उपजको बजारीकरणका लागी नगरपालिकाले सहयोग गर्ने भन्दै ढुक्क भएर उत्पादनमा लाग्न नगरप्रमुख कर्माचार्यले आग्रह गर्नुभयो ।
Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP