लागुऔषध मुद्धामा ५ बर्ष कैद पाएका व्यक्ति चार बर्ष पछि पक्राउ ।
राधाकृष्ण डुम्रे/स्याङ्जा :
लागुऔषध मुद्धामा अदालतबाट दोसी ठहरिएका एक व्यक्तिलाई प्रहरीले चार बर्ष पछि पक्राउ गरेको छ ।
गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नं. २ घर भई हाल स्याङजाको फेदिखोला गाउँपालिका वडा नं. २ उपल्लो कुँडुले बस्ने ४४ बर्षीय रेशम थापा मगर लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
लागुऔषध (ब्राउन सुगर) हिरोइन मुद्धामा संलग्न रहेको प्रमाणित भए पछि स्याङ्जा जिल्ला अदालतले २०७६ असार १ गते ५ बर्ष कैद र १० हजार जरिवानाको फैसला गरेको थियो । अदालतले दोसी ठहर्याए पनि थापा लामो समय देखि फरार रहदै आएका प्रवक्ता रानाले बताउनुभयो ।
पक्राउ परेका थापा मगरलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारगार चलान गरिएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


