लागुऔषध मुद्धामा ५ बर्ष कैद पाएका व्यक्ति चार बर्ष पछि पक्राउ ।
राधाकृष्ण डुम्रे/स्याङ्जा :
लागुऔषध मुद्धामा अदालतबाट दोसी ठहरिएका एक व्यक्तिलाई प्रहरीले चार बर्ष पछि पक्राउ गरेको छ ।
गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नं. २ घर भई हाल स्याङजाको फेदिखोला गाउँपालिका वडा नं. २ उपल्लो कुँडुले बस्ने ४४ बर्षीय रेशम थापा मगर लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
लागुऔषध (ब्राउन सुगर) हिरोइन मुद्धामा संलग्न रहेको प्रमाणित भए पछि स्याङ्जा जिल्ला अदालतले २०७६ असार १ गते ५ बर्ष कैद र १० हजार जरिवानाको फैसला गरेको थियो । अदालतले दोसी ठहर्याए पनि थापा लामो समय देखि फरार रहदै आएका प्रवक्ता रानाले बताउनुभयो ।
पक्राउ परेका थापा मगरलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारगार चलान गरिएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


