स्याङ्जाबाट लागु औषध सहित एक युवक पक्राउ
स्याङजा, मङ्सिर ५ गते ।
स्याङ्जाको अर्जुनचौपारीबाट अवैध लागु औषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
अर्जुनचौपारी गाउँपालिका वडा नं. १ रैतका २८ वर्षीय दिल बहादुर क्षेत्रीलाई लागु पदार्थ सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
प्रहरीले क्षेत्रीको घरबाट लुकाई छिपाई राखेको दुई एम एल झोल सहितको फेनार्गन ४२ एम्पुल, आइपिपिएल ३८ एम्पुल, डाईजेपाम २९ एम्पुल गरी १०९ एम्पुल लागु औषध फेला पारिएको रानाले बताउनु भयो ।
क्षेत्रीले आफ्नै घरमा लागु औषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा खोजतलास गरिएको प्रहरीले जनाएको छ ।
क्षेत्रीलाई लागु औषध सम्वन्धी मुद्धा दर्ता गरी अनुसन्धान अगाडि बढाईएको प्रहरीको भनाई छ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


