स्याङ्जाबाट लागु औषध सहित एक युवक पक्राउ
स्याङजा, मङ्सिर ५ गते ।
स्याङ्जाको अर्जुनचौपारीबाट अवैध लागु औषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
अर्जुनचौपारी गाउँपालिका वडा नं. १ रैतका २८ वर्षीय दिल बहादुर क्षेत्रीलाई लागु पदार्थ सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
प्रहरीले क्षेत्रीको घरबाट लुकाई छिपाई राखेको दुई एम एल झोल सहितको फेनार्गन ४२ एम्पुल, आइपिपिएल ३८ एम्पुल, डाईजेपाम २९ एम्पुल गरी १०९ एम्पुल लागु औषध फेला पारिएको रानाले बताउनु भयो ।
क्षेत्रीले आफ्नै घरमा लागु औषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा खोजतलास गरिएको प्रहरीले जनाएको छ ।
क्षेत्रीलाई लागु औषध सम्वन्धी मुद्धा दर्ता गरी अनुसन्धान अगाडि बढाईएको प्रहरीको भनाई छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


