लागुऔषध मुद्धामा संलग्न रही ११ बर्ष देखी फरार व्यक्ति पक्राउ
स्याङ्जा :
लागुऔषध (ब्राउन सुगर) हिरोईन मुद्धामा फरार रहेका एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । तत्कालिन सम्मानित पुनरावेदन अदालत पोखराको मिति २०६९ असार १७ गतेको फैसलाले ५ बर्ष कैद दश हजार) जरिवाना तोकिई फरार रहेका स्याङ्जाको फेदिखोला गाउँपालिका २ बस्ने बर्ष ३३ को विशन गुरूङलाई जिल्लाा प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको हो ।
प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले गोप्य सूचनाको आधारमा लुकिछिपी बस्दै आएका गुरुङलाई फेदिखोलाबाट पक्राउ गरी हिजो स्याङ्जा जिल्ला अदालतमा पेश गरीएकोमा निजलाई कैद भुक्तानको लागि जिल्ला कारागार स्याङजामा पठाएको प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…


