तनहुँमा रात्रि बस दुर्घटना दुईको मृत्यु, ३४ घाइते
तनहुँ, मङ्सिर १३ गते । पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसी कुवा, चिसौदींमा रात्रि कालिन बस बुधवार बिहान ५ः५० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।
धरानबाट पोखरा जाँदै गरेको ७८९५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक दुई मध्य एकको पहिचान खुलेको र एकको पहिचान खुल्न बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टले बताउनुभयो । धनकुटाको साँघुरी गढी बस्ने वर्ष ४५ को हस्त राई मृत्यु भएको र एकको सनाखत हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
घाइतेको दमौली स्थित रत्न हरी अस्पताल २२ जना र दमौली अस्पतालमा १२ जनाको उपचार भइरहेको छ । घाइते मध्ये रञ्जित परियारको थप उपचारको लागि पोखरा रिफर गरिसकिएको छ । दुर्घटनामा घाइतेको पुरा विवरण सङ्कलन भइरहेको छ । Gorkhapatra online
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


