भारतीय गाडी र मोटरसाईकल ठोकिदा एक गम्भिर घाईते,मोटरसाईकल सडक मै जल्यो ।
वालिङ मङ्सिर ९ गते ।
स्याङ्जामा भारतीय नम्वर प्लेटको कार र मोटरसाईकल एक आपसमा ठोकिदा शसस्त्र प्रहरी जवान गम्भिर घाईते हुनु भएको छ ।
पोखराबाट बुटवल तर्फ जाँदै गरेको युपी ४५ भि ४६०१ नम्वरको भारतीय नम्वर प्लेटको कार र बुटवलबाट वालिङ तर्फ आउदै गरेको लु ११ प ६७११ नम्वर मोटरसाईकल एक आपसमा ठोकिएका हुन् ।
गल्याङ नगरपालिका वडा नं.८ करादीमा भएको दुर्घटनामा परी मोटरसाईकल चालक शसस्त्र प्रहरी जवान कुल बहादुर राना गम्भिर घाईते हुनु भएको छ । यस्तै गल्याङ ८ का बर्ष २३ को सुरज राना घाईते हुनु भएको छ उहाँको अवस्था वालिङमा उपचार भइरहेकाे छ । कुल बहादुर राना शसस्त्र प्रहरीको ३० नं.गुल्म वालिङमा कार्यरत रहनु भएको ट्राफिक प्रहरी पोष्ट वालिङका ईन्चार्ज रमेश थापाले जानकारी दिनुभयो ।
दुर्घटना पछि मोटरसाईकलमा आफै आगो लागेको र जलेर पूर्णरुपमा नष्ट भएको ईन्चार्ज थापाले बताउनु भयो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


